तीन छोराछोरीसहित सप्तकोशी नदीमा हामफालिन् महिला


२१ असार २०७६, शनिबार
koshi KfMnuHRCEo

राजविराज, २१ असार । एक महिला आफ्ना तीन छोराछोरीसहित सप्तकोशी नदीमा हामफालेकी छन् । छोराछोरीसहित आत्महत्या गर्न सप्तरीको सप्तकोशी नदीमा हामफालेकी महिला र उनका एक छोरालाई प्रहरीले उद्धार गरेको छ ।

woman
उद्धार गरी उपचारमा रहेकी महिला

हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहस्थित कोशी ब्यारेजमा शुक्रबार साँझ करिब ८ बजे हामफालेकामध्ये करिब ३५ वर्षीया महिलालाई शनिबार बिहान उद्धार गरिएको हो । बालकको भने शुक्रबार साँझ उद्धार गरिएको थियो ।

बालकको पुल नजिकै र महिलाको पुलबाट करिब ४ किलोमिटर तल पलार भन्ने स्थानबाट उद्धार गरिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । दुवैको स्थानीय भारदह अस्पतालमा उपचार भइरहको छ ।

स्थानीयका अनुसार ती महिला ३ बालबालिकासहित नदीमा हाफालेकी थिइन् । प्रहरीले बाँकीको खोजी र पहिचान प्रयास गरिरहेको छ । महिलाको साथबाट एक थान मोबाइल र गोलबाजरदेखि कोशी ब्यारेकसम्मको बस टिकट बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७