कवि तथा लेखक दीपा राई पुनको ‘कहीँ चोट’ सार्वजनिक


२१ असार २०७६, शनिबार
deepa rai pun vedio kahi chhot

ललितपुर, २१ असार । कवि तथा लेखक दीपा राई पुनले ‘कही चोट’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् ।

प्रवासमा रहेर नेपाली साहित्यक क्षेत्रमा निरन्तर कलम चलाइरहेकी पुनको शब्द रहेको गीत शनिबार ललितपुरको पुल्चोकमा पत्रकार, नेपाली साहित्य  संगित क्षेत्रको व्यक्तित्वहरुका जमघटमा एक कार्यक्रम गरि भिडियो सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा बरिष्ठ कबि तथा गीतकार मन्जुलले बटन थिची गीतको भिडियो सार्वजनिक गरे । कार्यक्रममा गीत माथि कवि श्रवण मुकारुङ, प्रतिक विप्लव, गायक शिव परिवार, गीतकार पुन तथा कवि तुलसी दिवसले मतव्य राखेका थिए । भने कवि हेमन यात्रीले कार्यक्रम सञ्चालन गरेका थिए ।

गीतमा गायक शिब परिवारको स्वर तथा संगित हरि लम्सालको रहेको छ । भने यसको फेमेल भर्जनलाई निशा देशारले गाएकी छिन् ।

यसैगरी संघर्षबाट उपलब्धि र सन्तुष्टी प्राप्त गर्न सकिन्ने कथा बुनिएको भिडियोमा एलिसा राई र निराजन प्रधानको फिचरिङ रहेको छ । भने मनु थाक्लुङ, इनुमा राई र होमलेस चिल्ड्रेसको पनि प्रस्तुती रहेको छ ।

भिडियोलाई निर्देशन खगेन्द्र पान्दक लिम्बु र छायाकंन अर्जुन तिवारी गरेका छन् । भने सह–निर्देशन बिबि लिम्बुको रहेको छ । काेरियाे ग्राफी अविन लिम्बु र छवि थापा गरेका हुन् ।  

यो पनि पढ्नुहोस्

कविका रूपमा परिचित दीपा राई पुनको तेस्रो म्युजिक भिडियो सार्वजनिक
कवि दीपा राई पुनको गीति एल्बम ‘प्रतिरुप’ सार्वजनिक (भिडियोसहित)
दीपा राई पुनको ‘मायाको सागर’ सार्वजनिक

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७