कोपा अमेरिका : मेस्सीलाई करिअरकै दोस्रो रेडकार्ड, अर्जेन्टिना तेस्रो


२२ असार २०७६, आईतवार
messi

काठमाडौं, २२ असार । लियोनल मेस्सीले करियरकै दोस्रो रातो कार्ड पाएका छन् । शान्त स्वभावका खेलाडी भनेर छवि बनाएका मेस्स चिली विरुद्धको खेलमा ग्यारी मेडलसँगको झगडाका कारण रातो कार्ड पाउन पुगे । जुन रातो कार्ड मेस्सीको १४ वर्षयताकै पहिलो हो ।

निकै तनावपूर्ण तेस्रो स्थानको प्लेअफमा अर्जेन्टिनाले चिलीलाई २–१ ले हरायो । खेलको १२औं मिनेटमा मेस्सीको पासमा सर्जियो अगुएरोले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । २२औं मिनेटमा पाउलो डिबालाले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए ।

३७ औं मिनेटमा मेस्सी र मेडल दुबैले रातो कार्ड पाए । पहिलो हाफमा अर्जेन्टिनाले २–० को अग्रता लिएको थियो । ५९ औं मिनेटमा अर्टुरो भिडलले पेनाल्टीमार्फत गोल गर्दै चिलीलाई खेलमा फर्काउने प्रयास गरे ।

तर, थप गोल हुन नसक्दा डिफेन्डिङ च्याम्पियन चिली पराजित हुन पुग्यो ।
कोपा अमेरिकाको उपाधिका लागि भने आयोजक ब्राजिल र पेरुबीच नेपाली समय अनुसार सोमबार बिहान पौने दुई बजे प्रतिष्पर्धा हुनेछ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७