कोपा अमेरिका : ब्राजिललाई जिताउन भ्रष्टाचार भएको आरोप, मेस्सीले गरे पदक अस्वीकार

म यो भ्रष्टाचारको भागिदार हुन चाहन्न, म सँधै साँचो बोल्छु : मेस्सी


२२ असार २०७६, आईतवार
argentina vAiKUFVOY9 1

काठमाडौं, २२ असार । कोपा अमेरिकाको तेस्रो स्थानको प्लेअफमा रातो कार्ड पाएका लियोनल मेस्सीले प्रतियोगितामा भ्रष्टाचार भएको आरोप लगाएका छन् ।

messi red card 54AFLrXydz

ग्यारी मेडलसँगको झगडापछि पहिलो हाफमा नै रातो कार्ड पाएका मेस्सी खेल सकिएपछि पनि पदक लगाउन मैदानमा गएनन् । उनले यो संस्करणको कोपा अमेरिका ब्राजिललाई जिताउने प्रपञ्च भएको बताएका छन् । ‘ब्राजिललाई जिताउने खेल भइरहेको छ, कुनै शंका छैन,’ मेस्सीले भने ।

‘म यो भ्रष्टाचारको भागिदार हुन चाहन्न । म सँधै साँचो बोल्छु, इमान्दार छु, त्यसैका कारण म शान्त पनि छु,’ उनले भने । रातो कार्डको सम्बन्धमा मेस्सीले ब्राजिलका बारेमा केही बोलेका कारण आज त्यसको प्रतिशोध लिएको प्रतिक्रिया दिए ।

‘पछिल्लो पटक ब्राजिलको विरुद्ध जे भने, त्यसको प्रतिशोध लिएका हुन् । त्यो घटनामा पहेंलो कार्ड पर्याप्त थियो ।’ अर्जेन्टिना तेस्रो भए पनि लियोनल मेस्सीका लागि यो प्रतियोगिता निकै खल्लो भयो । प्रतियोगितामा उनले एक गोल पनि गर्न सकेनन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७