हजारौं एमाले कार्यकर्ताको इनरुवामा प्रर्दशन, गच्छदारलार्इ राज्य शक्तिको दुरुपयोग आरोप


२८ मंसिर २०७४, बिहीबार
ratna

बेलबारी  : सुनसरी क्षेत्र नम्बर ३ मा पुनः मतदानको माग गर्दै एमाले कार्यकर्ताले सदरमुकाम इनरुवामा बिहीबार विरोध प्रर्दशन गरेको छ । राज्यको शक्तिको दुरुपयोग गरिएमाले नेतृ भगवती चौधरीलाई उपप्रधानमन्त्री विजयकुमार गच्छदारले पराजित गरेको भन्दै प्रदर्शन गरेको हो । ratna
हजारौंको संख्यामा उपस्थित भएका एमाले कार्यकताले उपप्रधानमन्त्री गच्छदार र निर्वाचन अधिकृत टिकाभुषण घिमिरे विरुद्ध नाराबाजी गरेका थिए । स्थिति साम्य पार्नका लागि चोक चोकमा सशस्त्र प्रहरी, नेपाल प्रहरी परिचालन गरिए पनि भीड नियन्त्रण भने गर्न सकेन् ।
बुधबार सुनसरी क्षेत्र नम्बर ३ मा एमालेकी भगवती चौधरी कांग्रेस नेता गच्छदारसँग ३ सय २१ मतको झिनो मतअन्तरले पराजित भएकी थिइन्। पराजितको पीडा बेहोरेकी चौधरीले गच्छदारले निर्वाचनमा खटिएका कर्मचारी र प्रहरीलाई खरिद गरेर चुनावी नतिजा आफ्नो पक्षमा पारेको आरोप लगाउँदै आएकी छन्।
बुधबार नै निर्वाचन आयोगको मत परिणामलाई अस्वीकार गरी उनले कानुनी उपचारका लागि अदालतमा जाने बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेकी छन्। भगवतीले अन्नपूर्णसँगको टेलिफोन सम्पर्कमा निर्वाचन आयोगमा पुनः मतदान गराउन र निर्वाचन अधिकृतलाई कारवाही गरी नयाँ निर्वाचन अधिकृत नियुक्ति गर्न माग गर्दा समेत वास्ता नगरेपछि कार्यकर्ता विरोध प्रदर्शनमा उत्रिएको बताएकी छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७