‘सवारी दुर्घटना महामारी भन्दा खतरनाक’


२८ मंसिर २०७४, बिहीबार
bhim juwala rai

धरान : नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष भीम राई ‘ज्वाला’ले सडक दुर्घट्ना विश्वमा नै महामारी रोग भन्दा पनि खतरनाक बन्दै गएको बताएका छन् । सडकको दुरअवस्था अनि सचेतनाको अभावको कारण विश्वमा सडक दुर्घटनाले मानिसको ज्यान लिने क्रम बढ्दो मात्रमा देखिएको बताएका हुन् । ‘महामारी रोगभन्दा खतरनाक रूपमा सडक दुर्घटना फैंलदै गएको विश्वको तथ्याँकले देखाएको छ ’ उनले भने ।

bhim juwala rai
तस्बिर : विकास चाम्लिङ राई ।

बिहीबार धरानको भानुचौकमा यातायात मजदुर र ट्राफिक प्रहरीले गरेको ‘सुरक्षित सडक र सवारी दुर्घटना न्युनिकरण संम्बन्धी सचेतना ,कार्यक्रमपछि कोण सभालाई सम्बोधन गर्दै ज्वालाले सो कुरा बताएका हुन । राईले सडक दुर्घट्ना न्युनीकरण गर्नतिर सबैको ध्यान जानु पर्नेमा उनले जोड दिए ।
उनले संयुतm राष्ट्र सङ्घले प्रस्तुत गरेको तथ्याँङलाई समेत प्रस्तुत गर्दै विश्वमा सडक दुर्घट्ना बढ्दै गएको प्रति दुख समेत व्यतm गरे । तथ्याँङमा २६ सेकेण्डमा १ जनाको मृत्यु हुने गरेको छ भने प्रत्येक वर्ष १३ लाखले जीवन गुमाउनु परेको दुखदायी स्थिति छ । प्रति दिन विश्वमा ३५ सय मानिसले ज्यान गुमाउने गरेका छन् ।त्यसै गरी सडक दुर्घटनामा परि प्रत्येक दिन १५ सय मानिस घाइते हुने गरेका छन् भने वर्षमा ५ करोड घाइते हुने गरेको संघको तथ्याँकले देखाएको छ । प्रति वर्ष ५० लाख आजीवन अंग भंग भई अपाङ्ग जीवन बिताउन बाध्य छन् ।नेपालमा पनि सडक दुर्घटना सडकको दुरअवस्था , सचेतनाको कमी लगायतको कारणले बढ्दै गइरहेकाले सडक दुर्घट्ना न्यनीकरण प्रति सचेत हुनु पर्ने सङ्गठनका अध्यक्ष राईले बताएका छन् ।
‘यही भानुचौकको सडकबाट म सरकार लगायत सरोकारवाला प्रति आग्रह गर्न चाहन्छु, सडकमा हुने दुर्घट्नाबाट बच्न र बचाउन वेलैमा सचेत वनौं , सडक दुर्घटना न्युनीकरण गर्नतिर ध्यान केन्द्रित गरौँ ’ उनले आग्रह गरे ।
उनले नेपालको सडक क्षमता भन्दा दोव्बर तेब्बर सवारी साधान भएकाले पनि दुर्घटनाको सिकार बन्नु परेको बताए । सडक क्षमता भन्दा सवारी साधान बढी छन्, सडकको अवस्थालाई स्तरउन्नती र सुधार गर्न नसके सवारी दुर्घट्ना दिन दिनै बढेर जाने समेत राईले बताएका छन् । सवारी दुर्घटनाको दोष सवारी चालक मात्रै नभई सबै पक्ष दोषी समेत रहेको उनले बताए ।
नेपालमा २०७३ साल वैशाख सम्मको तथ्याँकलाई हेर्ने हो भने २३ लाख ३९ हजार १ सय ६९ सवारी साधान नयाँ भित्रने गरेको छ । त्यसै गरी ०७४ साल वैशाख सम्मको तथ्याँकले पनि २७ लाख । ८३ हजार ४ सय २८ सवारी साधान थपिने गरेको छ । यो अवस्थालाई हेर्ने हो भने प्रत्येक वर्ष साढे ४ लाख सवारी साधान थपिन्छ ।
राईले भने, ‘यसरी बढ्दो सवारी साधान अनि साँगुरो सडक नै दुर्घटनाको मुख्य कारक हो । कोण सभामा याताया व्यवसायी महासंघ कोसी संयोजक तथा कोसी बस व्यवसायी सङ्घका अध्यक्ष कृष्ण सुवेदीले सडक दुर्घट्नाको दोषी सवारी चालकमात्रै नभएर सडक उपभोता समेत भएको बताए ।
उनले भने,’चालकलाई मात्र दोष नथुपारौ, सडक उपभोता समेत सचेत वनौं अनि मात्रै सडक दुर्घटना न्युनीकरण हुन्छ ।’ त्यसै गरी जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी धरानका प्रहरी निरिक्षक होमराज दाहालले सडक दुर्घट्ना न्युनीकरण गर्नका लागि यातायात मजदुर , सरोकारवाला र सडक उपभोताको संयुतm प्रयासबाट मात्रै सम्भव भएको बताए । आगामी दिनमा धरानको भानुचौकको सवारी साधान व्यवस्थापन गर्ने र दुर्घट्ना न्युनीकरण गर्न आफ्नो कार्यकालमा सक्दो प्रयास रहने समेत कोण सभामा प्रतिबद्धता जनाएका थिए । उनी भखरैमात्र धरानमा आएका हुन ।
नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन धरान , धरान वसपार्क व्यवस्थापन समिति र जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीको संयोजनमा भएको सचेतना कार्यक्रममा भानुचौक आसपासमा रहेका सवारी साधानका सवारी चालकलाई सुरक्षित सडक सम्बन्धी हाते सचेतना पर्चा समेत संयुतm रूपमा वितरण गरिएको मजदुर सङ्गठनका धरान अध्यक्ष कमल भट्टराईले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७