दयाहाङले बाँधे नयाँ जोडी, ‘कबड्डी, कबड्डी, कबड्डी’ ट्रेलर सार्वजनिक


२२ असार २०७६, आईतवार
dayahang rai and upashan singh thakuri

 

काठमाडौं, २२ असार । फिल्म ‘कबड्डी, कबड्डी, कबड्डी’को टिजर सार्वजनिक भएको छ । रामबाबु गुरुङको निर्देशनमा निर्माणधीन ट्रेलर आइतबार सार्वजनिक गरिएको हो ।

ट्रेलरमा अभिनेता दयाहाङ राईसँगै अभिनेता दयाहाङ राईसँगै कमलमणी नेपाल र उपासना सिंह ठकुरीलाई हाइलाइट गरिएको गरिएको छ । यस अघि कबड्डी र कबड्डी, कबड्डी र रिश्मा गुरुङलाई हाईलाइट गरिएकोमा यस फिलमा उपासना सिंह ठकुरीलाई दयााहाङको जोडिको रुपमा प्रस्तुत गरिएको छ ।

१ मिनेट ३० सेकेन्ड लामो टिजरमा दयाहाङ राईको अपरम्पार प्रेम प्रस्तुत गरिएको छ ।  फिल्ममा अन्य कलाकारहरु कर्मा, रिश्मा गुरुङ, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, विल्सनविक्रम राई, वुद्दि तामाङ, लुनिभा तुलाधर, विजय बराललगायतको अभिनय छ ।

बाँसुरी फिल्मस र सिनेमा आर्टको ब्यानरमा निर्माणाधिन फिल्ममा माउन्टेन स्टोरिज र नौमती इन्टरटेनमेन्टको सहकार्य छ । फिल्ममा मणिराम पोखरेल, अर्जुन कार्की, ओम चन्द रौनियारको लगानी, शैलेन्द्रध्वज कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ ।

फिल्म भदौ १३ बाट प्रदर्शनमा आउने छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७