कोपा अमेरिका फुटबलको उपाधि आयोजक ब्राजिललाई


२३ असार २०७६, सोमबार
kopa

काठमाडौं, २३ असार । कोपा अमेरिका फुटबलको उपाधि आयोजक राष्ट्र ब्राजिलले जितेको छ ।
आइतबार राति माराकाना रंगशालामा भएको खेलमा पेरुलाई ३–१ गोल अन्तरले पराजित गर्दै ब्राजिलले कोपा अमेरिका फुटबलको उपाधि हात पारेको हो । १२ वर्षपछि ब्राजिलले कोपा अमेरिका फुटबलको उपाधि जितेको हो ।

ब्राजिललाई उपाधि दिलाउन सौसा सोरेस, गाब्रियल जिसस र रिचार्लिसनले गोल गरे । यता, पेरुका लागि भने पाउलो गुइरेरोले गोल फर्काएका थिए । खेलको १५ औ मिनेटमा सोरेसले गोल गर्दै ब्राजिललाई १–० गोलको अग्रता दिलाएका थिए । तर खेलको ४४औं मिनेटमा पेरुले गोल फर्काउन सफल भयो ।

पेरुका लागि गुइरेरोले पेनाल्टीबाट गोल गर्दै १–१ गोलको बराबरी दिलाएका थिए । खेलको पहिलो हाफमै ब्राजिलले अग्रता बनाउन सफल भयो । पहिलो हाफको अतिरिक्त समयमा जिससले गोल गर्दै ब्राजिललाई २–० गोलको अग्रता दिलाए ।

खेलको ७० औ मिनेटमा भने ब्राजिल १० खेलाडीमा सिमित हुन पुग्यो । जिससले दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । २–१ गोलअन्तरले अघि रहेको ब्राजिलले खेलको ९० औं मिनेटमा अर्को गोल गर्न सफल भयो । यो पटक भने पेनाल्टीबाट रिचार्लिसनले गोल गर्दै ब्राजिललाई ३–१ गोलको जित दिलाए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७