महिला फुटवल विश्वकपको उपाधि अमेरिकालाई


२३ असार २०७६, सोमबार
america

काठमाडौं, २३ असार । फिफा महिला विश्वकपको उपाधि अमेरिकाले जितेको छ । फाइनलमा नेदरल्याण्ड्सलाई हराउँदै अमेरिकाले लगातार दोस्रो पटक विश्वकपको उपाधि जितेको हो ।

1 2

अमेरिकाको समग्रमा यो चौथो उपाधि हो । यसअघि सन् २०१५ मा भएको संस्करणमा अमेरिकाले जापानलाई हराउँदै उपाधि जितेको थियो । सन् १९९१ मा चीनमा भएको पहिलो संस्करणको उपाधि अमेरिकाले जितेको थियो । त्यसपछि अमेरिकाले १९९९ संस्करणको उपाधि जितेको थियो ।

अमेरिकालाई चौथो उपाधि जिताउनका लागि मेगान रापिनोई र रोज लाभेलेले एक एक गोल गरे । पहिलो हाफ गोलरहित स्थितीमा सकिएको खेलको ६१औं मिनेटमा अमेरिकाले पेनाल्टी पायो ।
यो पेनाल्टीलाई रापिनोईले गोलमा परिणत गर्दै अमेरिकालाई अग्रता दिलाइन् ।

त्यसको आठ मिनेटपछि लेभेल्लेले गोल गर्दै अमेरिकालाई २–० को अग्रता दिलाइन् । बाँकी समयमा नेदरल्याण्ड खेलमा फर्किन नसकेपछि अमेरिका च्याम्पियन बनेको हो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७