‘हजार जुनीसम्म’ मा दीपाश्रीको आइटम नृत्य


२३ असार २०७६, सोमबार
Deepa Shree Niraula 2 mQmckKLD7H
RGB tiff image by MetisIP

काठमाडौं, २३ असार । भदौ ६ गतेलाई प्रदर्शन मिति तय गरेसँगै चलचित्र ‘हजार जुनीसम्म’ को निर्माण यूनिट यसको प्रचारमा लागेको छ । शुरुवातमा यो चलचित्रको प्रदर्शन मिति साउन ३० गतेलाई तोकिएको थियो । तर, यो मितिमा ३ वटा नयाँ हिन्दी चलचित्र रिलिज हुने भएपछि निर्माणपक्ष एक साता पछि सरेको हो ।

चलचित्रमा समावेश ‘आज नगद भोलि उधारो’ बोलको गीतका केही तस्वीर सार्वजनिक गरिएको छ । जसमा, नायक आर्यन सिग्देलको लुक्स सार्वजनिक गरिएको छ । नायक आर्यन सिग्देलले आइटम गर्ल दीपाश्री निरौलासँग रोमान्स गरेका छन् । चलचित्र निर्देशक दीपाश्रीले यो गीतमा आइटम नृत्य गरेकी छिन् । कविराज गहतराजले कोरियोग्राफी गरेको भिडियोलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । बसन्त सापकोटाको शब्द तथा संगीतमा तयार भएको गीतमा प्रल्हाद तिमिल्सिना र मिना निरौलाको स्वर छ ।

 

गीतको भिडियोमा दीपा र आर्यनका साथमा शिवहरि पौडेल, स्वस्तिमा खड्का, अक्की प्रधान, उत्तम केसीलगायतलाई देख्न सकिनेछ । नायक आर्यन सिग्देल यो चलचित्रमा अधवैशे पुरुषको भूमिकामा छन् । यो चलचित्रलाई विकासराज आचार्यले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७