एसईई पास भएको खुशीका करिष्माले दिइन् पार्टी


२३ असार २०७६, सोमबार
karishma

काठमाडौं, २३ असार । एसईई परीक्षामा बि प्लस जिपिए ल्याएर पास भएकी अभिनेत्री करिष्मा मानन्धरले आफ्ना नजिकका साथी भाइ र गुरुहरूलाई पार्टी दिएकी छिन् ।

उमेरले साहस र इच्छालाई केही असर गर्दैन भन्ने साबित गरेकी करिष्माका लागि यो परीक्षाको सफलताले कति महत्व राखेको छ भन्ने कुरा उनको खुशी उनको अनुहारले प्रष्ट पार्छ । तेसो त हरेक वर्षको एसईई परीक्षामा उमेरलाई जित्दै सपना पूरा गर्नेहरू देखिँदै आइरहेको छ । सदाबहार नायिकाको रूपमा आफूलाई स्थापित गर्न सफल करिष्माले पढाइको कदर र उनले लिएको अठोट पूरा गरेर छाडेकै कारण पनि उनको चर्चा भएको हो ।

करिष्माले साथीभाइ, आफन्त र गुरुहरूको लागि आयोजना गरेको पार्टीमा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, वितरक गोपालकाजी कायस्थ, कोरियोग्राफर गोविन्द राई, अभिनेता भुवन केसी, रमेश उप्रेती, अभिनेत्री नम्रता श्रेष्ठ, शिल्पा पोखरेल, छुल्ठिम गुरुङ, कविता गुरुङ, अनुरागसिंह कुँवर, पत्रकार विजयरत्न तुलाधर, दीपाश्री निरौलालगायतको उपस्थिति रहेको थियो । उनी कहाँ पढ्ने भन्ने टुङ्गो लागिसकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७