के सुहानाले गर्लिन् त बलिउड डेब्यु ?


२३ असार २०७६, सोमबार
suhana khan 4a

काठमाडौं, २३ असार । बलिउड स्टार शाहरुख खानको छोरी सुहाना खान अहिले चर्चामा छिन् ।

सुहानाले हालै मात्र आफ्नो ‘ग्रयाजुएसन’ पार गरेकी छिन् । सुहानाले ग्रयाजुएसन सक्नु र सामाजिक सञ्जालमा बोल्ड र सुन्दर तस्वीरहरु आउनुले पनि उनी बलिउडमा डेब्यु गर्न लागेको हल्ला चलिरहेको छ । तर, बलिउड डेब्युको विषयमा भने सुहानाले केही उत्तर दिएकी छैनन् ।

सुहानाको ‘बेस्ट फ्रेण्ड’ आनन्या पाण्डेले हालै एक अन्तरवार्तामा भनेकी छिन्, ‘सुहानाले जहिले बलिउडमा डेब्यु गर्न चाहन्छिन् त्यही समय डेब्यु गर्न सक्छिन् । उनी छिट्टै अभिनय सिक्नेछिन् ।’ सुहाना अब आफ्नो पढाइको लागि अमेरिका जाँदैछिन् । आनन्याका अनुसार सुहाना पहिला आफ्नो पढाइ पूरा गर्न चाहन्छिन् । आनन्याले भनिन्, ‘उ अमेरिकाबाट फर्केर आएपछि डेब्यु गर्न सक्छिन् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७