सांसद पुष्पा भुसालले सोधिन्, ‘सरकार, ३ करोड जनसंख्या बढी भयो भनेर विष खुवाएर मार्न खोजेको ?’


२४ असार २०७६, मंगलवार
puspa bhusal

काठमाडौं, २४ असार । प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले सरकारले विषादीयुक्त तरकारी नेपाल ल्याउन दिएर नागरिकलाई मन्द विष दिइरहेको आरोप लगाएकी छन् ।

मंगलबारको संसद वैठकमा निकै खरो रुपमा उत्रिएकी सांसद भुसालले सरकारलाई प्रश्न गरिन्, ‘सरकार जनसंख्या तीन करोड बढी भयो भनेर विष खुवाएर मार्न खाजेको हो ?’

भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादीको मात्रा परीक्षण गर्ने कार्य सरकारले रोकेको भन्दै यसबाट सरकारले जनतालाई मार्न खोजेको आरोप समेत लगाइन् । उनले भनिन्, ‘यो सरकारलाई ३ करोड जनसंख्या अत्यन्त बढी लाग्यो कि विषादीयुक्त खानेकुराहरु दिनका लागि मन्द गतिबाट विषपान गराएर जनसंख्या घटाउने उद्दतमा किन लाग्यो यो सरकार ? यसको जवाफ सदनमा दिनुपर्नेछ ।’

संसद्मा बोल्दै सांसद भुसालले विषादी परीक्षण स्थगनको सम्बन्धमा प्रधानमन्त्रीले सफेद झुट बोलेको आरोप लगाइन् । परराष्ट्र मन्त्रालय हुँदै उद्योग मनत्रालयमा पुगेको पत्रलाई प्रधानमन्त्रीले कुन पत्र, के को पत्र, कसले दिएको पत्र, कसले पढेको पत्र’ भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएको पनि आरोप लगाइन् ।

सरकार नीतिगत भ्रष्टाचारमा तल्लीन रहेको र राज्यको ढुकुटीमा नीतिगत भ्रष्टाचार भइरहेको भन्दै ढुकुटी रित्तिने गरी भ्रष्टाचार गर्ने तर विषादी परीक्षण गर्ने ल्याब छैन भन्ने बहाना बनाएको भन्दै विष खाएर नेपाली जनताले आफ्नो ज्यानको आहुती दिनुपर्ने हो भन्दै सरकारबाट जवाफ मागेकी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७