आइएमई वालेट एप चलाउनेलाई रेस्टुरेन्टमा छुट, यस्तो छ विशेषता


२४ असार २०७६, मंगलवार
1562674252Picture

काठमाडौं, २४ असार । आइएमई पे मोबाइल वालेट एपले ‘डिल्स’नामक नयाँ फिचर ल्याएको छ।

यसबाट आइएमई वालेट एप चलाउनेले विभिन्न रेस्टुरेन्ट वा पसलका छुट अफरहरू प्राप्त गर्न सक्ने छन्। वालेटका अनुसार आइएमई पे मोबाइल वालेट एप गुगल प्ले वा एप स्टोरबाट सजिलै डाउनलोड गर्न सकिन्छ ।सेवाग्राहीले आइएमई, आइएमई पे एजेन्ट, आफ्नो बैंकबाट सिधै र एप चलाउने साथीबाट मोबाइल वालेटमा पैसा हाल्न सकिने छ।

काठमाडौँ र पोखराका विभिन्न रेस्टुरेन्टहरूमा हाल डिल्स सेवा अन्तर्गत् विभिन्न छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

आइएमई पे मोबाइल वालेट एपको डिल्सको विशेषता

 आइएमई पे मोबाइल वालेट एपका कुनै पनि ग्राहकले तोकिएको स्थानमा गई आइएमई पेबाट भुक्तानी गर्दा छुट प्राप्त गर्न सक्नुहुन्छ ।
 यसका साथै आइएमई पेबाट विक्रेता अर्थात् मर्चेन्ट बन्नुभएका विक्रेताले आफ्नो छुटको विज्ञापन बिना कुनै शुल्क आइएमई पेका ग्राहकहरूलाई देखाउन वा प्रदर्शन गर्न सक्नुहुन्छ ।
आइएमई डिजिटल सोलुसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री विकास कुमार नहाटा भन्नुहुन्छ, ूआइएमई पे मोबाइल वालेट एपका हालका प्रयोगकर्ता र भविष्यमा हामीसँग आबद्ध हुने सेवाग्राहीहरूको पनि प्रमुख चाहना भनेकै आफूले खरिद गरी आइएमई पेबाट भुक्तानी गर्दा सजिलो र फलदायी होओस् भन्ने चाहना नै हो । यसलाई नै मध्यनजर गरी हामीले ूडिल्सू शीर्षक सुरु गरेका हौँ, जसबाट सेवाग्राहीहरूले आफ्नो वरिपरि के(कस्तो सुविधा र अफर चलिरहेको छ भनेर जानकारी पाउँछन् र आइएमई पेबाट भुक्तानी गर्दा विक्रेताले प्रदान गर्ने छुट सजिलै प्राप्त गर्न सक्छन् ।

हाम्रा सेवाग्राहीहरूका लागि पनि हामीले सजिलो प्रावधान उपलब्ध गराएका छ। विक्रेताहरूले आफूले चाहेको जस्तो अफर सिर्जना गरी आइएमई पे एपमा आफ्नो विज्ञापन देखाउन सक्नेछ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७