भोजपुर सदरमुकाममै विप्लव-प्रहरीको गोली हानाहान, दुईको मृत्यु, एक घाइते

विप्लव समूहबाट पहिलोपल्ट प्रहरीको हत्या


२५ असार २०७६, बुधबार
BHOJPUR INCOUNTAR POLIICE AND BIPLAB

भोजपुर, २५ असार । भोजपुर सदरमुकाममा प्रहरी र नेत्रविक्रम चन्द (विप्लव) समूहबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ ।

आज विहान सदरमुकामको हटिया लाइनमा दुबै पक्षबीच गोली हानाहान हुँदा प्रहरी जवान सञ्जीव राई र विप्लव समूहका ओखलढुङ्गा इञ्चार्ज निरकुमार राईको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिएका छन् । घटनामा प्रहरी जवान खोमनाथ भट्टराई घाइते भएका छन् । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गोली लाग्न साथ अस्पताल लगिएका दुवैलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

भोजपुरमा मारिएका प्रहरी जवान सञ्जीव राईलाई विप्लव समूहका कार्यकर्ताले लेखेटेर होटलभित्र पु¥याएपछि गोली हानेको प्रत्यक्षदर्शीले बताएका छन् । प्रहरी जवान राई सादा पोशाकमा बुधबार विहान हटिया क्षेत्रमा पुगेका थिए । त्यही क्रममा उनी विप्लवका ओखलढुङ्गा इञ्चार्ज नीरकुमार राईको समूहको निशानामा परेका हुन् ।

सादा पोशाकमा एक्लै भेटेपछि नीरकुमारको समूहले लेखेटेर पानधारे होटलभित्र पुर्‍याएको थियो । उनलाई त्यहीं गोली हानेर लछापछार गर्दै बाहिर बाटोमा ल्याएको नाम उल्लेख नगर्ने शर्तमा एक प्रत्यक्षदर्शीले बताए ।

यो घटनापछि सदरमुकाममा सुरक्षा व्यवस्था कडा पारिएको छ । निरन्तर वर्षा भइरहेकाले अनुसन्धानमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । विप्लव समूहबाट प्रहरी मारिएको यो पहिलो घटना हो । खोटाङ्ग जिल्ला घर भएका सञ्जीव घुमुवा प्रहरी हुन् भने निरकुमार विप्लव समूहका ओखलढुङ्गा इञ्चार्ज हुन् । घटनास्थलबाट एक थान चाइनिज पेस्तोल र चार राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।

डिलखर्क अर्थात् पूर्वको ‘जलजला’मा दोहोरिएको दुःख

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७