पूजा र पललाई ल्याउन र लैजानका लागि मात्र १ लाख ३० हजार खर्च


२५ असार २०७६, बुधबार
pahal

काठमाडौं, २५ असार । नायक पल शाह र नायिका पूजा शर्मा मंगलबार बिहान हेलिकप्टरबाट मनकामना मन्दिरमा पुगेका छन् ।

चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ को घोषणा भएसँगै यो चलचित्रमा पल र पूजा हुने वा नहुने भन्ने चर्चा थियो । पूजा र पल हेलिकप्टरबाट मनकामना परिसरमा रहेको हेलिप्याडमा ओर्लिदा मात्र धेरैका लागि सरप्राइज नै भयो ।

चलचित्रका निर्देशक सुदर्शन थापाले भने, ‘हामी केही दिनदेखि नै मनकामनामा बसेर चलचित्रको स्क्रिप्टमा काम गरिरहेका थियौं । यसैले, कलाकारलाई हेलिकप्टरबाट ल्याएर चलचित्रको शुभसाइत मात्र गरिएको हो ।’ निर्माणपक्षले पूजा र पललाई मनकामनामा ल्याउन र लैजानका लागि मात्र १ लाख ३० हजार भन्दा बढी खर्च गरेको छ ।

नायक पल शाहले भने, ‘दर्शकहरुले हामीलाई ‘म यस्तो गीत गाउँछु’ मा निकै माया दिनुभयो । यो चलचित्रमा पनि उत्तिकै माया पाउने बिश्वास छ ।’ नायिका पूजा शर्मा दर्शकको माग अनुसार नै आफूहरु फेरि एकसाथ पर्दामा आएको बताइन् ।

भदौ महिनाबाट चलचित्रको छायांकन शुरु हुनेछ । फागूणको २३ गतेबाट यो चलचित्र रिलिजमा आउनेछ । चलचित्रका अन्य कलाकार फाइनल गरिएको छैन । निर्देशक थापाले अहिले संगीतमा काम भइरहेको सुनाए । अर्जुन पोखरेलले चलचित्रको संगीत गरिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७