‘गीत गजल’ फस्टलुक सार्वजनिक


२५ असार २०७६, बुधबार
geet gajal

काठमाडौं, २५ असार । रुप पोखरेल र आरोही सिंहको मुख्य भूमिका रहेको चलचित्र ‘गीत गजल’ को फस्टलुक सार्वजनिक गरिएको छ । चलचित्र असोजको २४ गतेबाट रिलिजमा आउनेछ । पोष्टरमा चलचित्रका मुख्य कलाकारलाई रोमान्टिक अवतारमा देखाइएको छ ।

आरोहण प्रोडक्शनको ब्यानरमा निर्माण भएको यो चलचित्रमा रश्मी भट्ट, विशाल पहाडी, ओम प्रतिक, आत्रा करनजीतलगायतको मुख्य भूमिका छ । निर्देशकले चलचित्रलाई रोमान्टिक लभ स्टोरीमा दर्शकको मन छुने शैलीमा बनाएको बताए ।

यो चलचित्रमा अस्मित पोखरेलको कथा, पटकथा तथा संवाद, बाबु श्रेष्ठ र सुरेश काफ्लेको छायांकन, अर्जुन पोखरेलको संगीत, नितिन चन्दको निर्देशन, अर्जुन जीसीको सम्पादन रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७