बेनिशाको बेडसिनलाई दर्शकले पचाउँलान् त ?


२५ असार २०७६, बुधबार
behisha hamal.merofilm

काठमाडौं, २५ असार । वि.सं २०७४ सालमा रिलिज भएको चलचित्र ‘ब्लाइन्ड रक्स’ बाट नायिका बेनिशा हमालले राम्रो प्रशंसा पाइन् । यो चलचित्रमा उनले निर्वाह गरेको भूमिकाको निकै चर्चा भएको थियो । यो चलचित्र रिलिज भएको केही समयपछि बेनिशा पुनः पर्दामा फर्किन लागेकी छिन् ।

बेनिशालाई अर्पण थापाको निर्देशनमा बनेको चलचित्र ‘घर’ मा दर्शकले हेर्न पाउने छन् । साउन ३ गतेबाट यो चलचित्र रिलिज हुँदैछ । बेनिशा भन्छिन् ‘मलाई अफर आउँदा हरर चलचित्र हो भन्ने थाहा थिएन । राम्रो मेकरबाट चलचित्र अफर आएकोले मैले हुन्छ भनेको थिएँ । पछि हरर भन्ने थाहा पाएपछि झनै उत्साहित भएको थिएँ ।’ चलचित्रमा आफ्नो पात्रले तर्साउँछ या आफै तर्सिन्छ भनेर खुलाउन नमिल्ने बेनिशा बताउँछिन् ।

चलचित्रका लागि बेनिशाले आफ्नो लुक्स पनि परिवर्तन गरेकी छिन् । तर, लुक्स परिवर्तन आफ्नो इच्छाले नगरेको उनले सुनाइन् । स्क्रिप्टको माग अनुसार नै उनले आफ्नो लुक्स परिवर्तन गरेकी हुन् । उनले यो चलचित्रमा आफ्नो कपालमा धेरै परिवर्तन गरेकी छिन् । चलचित्रको ट्रेलरमा बेनिशाको बेडसिन पनि देखाइएको छ । उनले यो बिषयमा भनिन् ‘त्यो मैले गरेकी होइन । चलचित्रभित्रको क्यारेक्टरले गरेको हो’, बेनिशा अगाडि भन्छिन् ‘चलचित्रको माग अनुसारको काम भएको छ । त्यसलाई दर्शकले पचाउनु हुन्छ ।’

चलचित्रमा अर्पण थापा, बेनिशा हमाल र सुरक्षा पन्तको मुख्य भूमिका छ । चलचित्रले दर्शकलाई हररको दुनियाँमा लैजाने बेनिशाको ठोकुवा छ । नेपाली मेकरहरुले बनाएका हरर चलचित्रमा दर्शकको विश्वास कम छ । तर, यसपटक भने दर्शकले नेपालमा पनि यस्तो स्तरीय हरर चलचित्र बन्छ भनेर विश्वास गर्ने बेनिशाले बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७