प्रकाश सपुत ‘डिएनए क्लोथिब’ ब्राण्डको एम्बेस्डर


२५ असार २०७६, बुधबार
IMG 0171 2

काठमाडौं, २५ असार । चर्चित लोक गायक प्रकाश सपुत डिएनए क्लोथिब’ ब्राण्डको एम्बेस्डर बनेका छन् । बिगत दुई बर्ष बजारमा आएको कपडाको ब्राण्ड डिएनएले बुधबार प्रकाशलाई एक कार्यक्रमबीच एम्बेस्डरको घोषणा गरेको हो ।

एक बर्षका लागी एम्बेस्डरको रुपमा डिएनएसँग हस्ताक्षर गरेका प्रकाशले आफ्नो लागि यो ठूलो सफलता भएको बताएका छन् । मेरो लागि डिएनएसँग जोडिनु ठूलो सफलता हो ।’ प्रकाशले कार्यक्रममा भने, म यस ब्राण्डसँग जोडिनुको मुख्य कारण देश बिदेश छरिएर रहेका युवाहरुमाझ छिटो पुग्न सक्नु भन्ने हो ।’

डिएनएको तर्फबाट केदारप्रसाद न्यौपानेले गायक प्रकाशलाई प्रमाण पत्र प्रदान गरे । केदारले पछिल्लो समय युवापुस्ताको मनमुटुमा बस्न सफल भएकै कारण प्रकाशलाई आफ्नो ब्राण्डसँग जोडेको बताएका छन् । कार्यक्रममा गायिका शान्तिश्री परियार, तिलक बस्नेतलगायतको उपस्थितीे थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७