के नेपालीमा बन्दैछ ‘कविर सिंह’ को रिमेक ?


२५ असार २०७६, बुधबार
kabir sing

काठमाडौं, २५ असार । अहिले बलिउडमा चलचित्र ‘कविर सिंह’ ले निकै चर्चा पाईरहेको छ । व्यापारिक रुपमा मात्र होइन, दर्शक र समीक्षकको समीक्षामा पनि यो चलचित्र उत्कृष्ट ठहरिएको छ । यो चलचित्रको चर्चा चलिरहेको समयमा नेपालमा पनि ‘अर्जुन रेड्डी’ को रिमेक बन्ने चर्चा चलिरहेको छ ।

साउथको सफल चलचित्र ‘अर्जुन रेड्डी’ को रिमेक भर्सन हो, ‘कविर सिंह’ । वुझिएअनुसार, नेपालको एक टिमले ‘अर्जुन रेड्डी’ को रिमेकको अधिकार ‘कबिर सिंह’ बलिउडमा बन्नु अगाडि नै खरिद गरेको थियो । त्यो समयका नायक प्रदिप खड्कालाई यसको अफर गरिएको थियो । प्रदिपले काम नगरेपछि यो प्रोजेक्ट यसै सेलायो ।

जब बलिउडमा ‘कबिर सिंह’ बन्यो, यसपछि भने यो टिम फेरि तातेको हो । हरिहर अधिकारी भने ‘म उहाँहरुसँग नजिक भएकाले मलाई अफर आयो । नेपाली भाषामा गर्दा कस्तो होला भन्ने छलफल भएपछि गर्न सकिन्छ भनेर म आफ्नै तरिकाले अभ्यासमा लागेँ ।’ अभ्यास गर्दा यो पात्र निर्वाह गर्न आफूले सक्छु भन्ने उनलाई लागेको छ । तर, यो चलचित्र अहिलेसम्म बन्ने वा नबन्ने, हरिहरले काम गर्ने वा नगर्ने फाइनल भईसकेको छैन ।

हरिहरले चलचित्र टिमसँग कुनै खालको सम्झौता नभएको बताए । उनले भने ‘म अहिले पोखरामा छु । मलाई यो भूमिकाका लागि अफर आएको छ । म यसका लागि पनि तयारी गरिरहेको छु । अब, यो चलचित्र बन्ने पक्का भयो भने टिमअप हुन्छ ।’ नेपाली दर्शकले हिन्दी भाषामा ‘कबिर सिंह’ हेरिसकेका छन् । नेपाली भर्सनमा यो चलचित्र बन्यो भने दर्शकले बलिउड चलचित्रलाई जस्तै माया दिन्छन् या दिदैनन् अहिले नै भन्न सकिने अवस्था छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७