सांग्रिला बैंकका ग्राहकलाई मेडिकल कलेजमा उपचार गराउँदा १० प्रतिशत छुट


२५ असार २०७६, बुधबार

काठमाडौं, २५ असार । सांग्रिला डेभलपमेन्ट बैंक, नेपालगंज मेडिकल कलेज र कोहलपुर मेडिकल कलेजबीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता भएको छ।

सम्झौता अनुसार बैंकका कर्मचारी, कर्मचारीका परिवार, डेबिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकलाई उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको छुट प्रदान गरिने छ।

उक्त सम्झौतापत्रमा सांग्रिला बैंकका नेपालगंज क्षेत्रीय प्रबन्धक जयन्द्रबहादुर खडका र लर्ड बुद्घ एजुकेशनल एकेडेमीका प्रबन्ध संचालक डा. सुरेशकुमार कानोडियाले हस्ताक्षर गरे ।

नेपालगंज मेडिकल कलेज र कोहलपुर मेडिकल कलेज नेपालगञ्जको लर्ड बुद्घ एजुकेशनल एकेडेमीदुवारा संचालित छन्।  बैंकका ग्राहकहरुले यस बैंकको मुलुकभर फैलिएको ८५ वटै शाखा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७