एनआईसी एशियाको अब ‘खल्ती’बाटै डिम्याट खाता र मेरो सेयर नबीकरण शुल्क भुक्तानी


२६ असार २०७६, बिहीबार
nic zS72mKcGLW

काठमाडौँ,२६ असार । एनआईसी एशिया बैंकको डिम्याट खाता र मेरो सेयर नबीकरण शुल्क अब ‘खल्ती’बाटै भुक्तानी गर्न सकिने भएको छ ।

एनआईसी एशिया क्यापिटल लिमिटेड तथा एनआईसी एशिया बैंक लिमिटेड मार्फत हितग्राही खाता खोली कारोवार गर्दै आएका खातावालाहरुको हितग्राही खाता तथा मेरो शेयरको बार्षिक नविकरण शुल्क खल्ती डिजिटल वालेट मार्फत भुक्तानी गर्न सकिने भएको छ ।

साथै, उक्त नविकरण शुल्क ई–सेवामार्फत समेत भुक्तानी गर्न सकिने जनाइएको छ । एनआईसी एशिया क्यापिटल लिमिटेडले शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ ।


एनआईसी एशियाम्युचुअल फण्ड अन्तरर्गतको पहिलो योजना ‘एनआई सी एशियाग्रोथ फण्ड’ सञ्चालन गरिरहेको जनाएको छ ।

मुलुकभर २८५ शाखा कार्यालयहरु, २९५ एटिएम, ४६ वटा एक्सटेन्सन काउन्टर एवं ३७ वटा शाखारहित बैंकिङ ईकाई मार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंकका १६ लाख ग्राहक छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७