ओलीकाे देउवा र प्रचण्डलार्इ कटाक्ष : कहिले टाउकोको मोल तोक्ने, कहिले छोरी बोक्ने


२ भाद्र २०७४, शुक्रबार

KP Sharma oli

काठमाडाैं : कार्यक्रममा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री दाहालको तालमेल र गठबन्धनप्रति कटाक्ष समेत गरे । ‘कहिले टाउकोको मोल तोक्ने, कहिले छोरी बोक्ने’ भन्दै चितवनमा भएको चुनावी तालमेलप्रति व्यंग्य गरेका थिए । उनले एमाले प्रचार विभागले बुधवार राजधानीमा आयोजना गरेको विशेष प्रचार भेलामा यस्ताे कटाक्ष गरेका हुन् ।

‘भोलि देउवा र प्रचण्ड एउटै जुवामा नारिएर चितवन जाँदैछन् भन्ने सुनेको छु । एउटै जुवामा कसले नारिदियो, त्यो त भन्नै परेन’, उनले दुई फरक धारका दलबीचको सहकार्यप्रति व्यंग्य गर्दै भने–‘एउटै जुवामा नारिएर गएपछि जनताले पनि थाहा पाउनेछन् । यिनले जोत्ने खेत एकै रहेछ । मेलो एकै रहेछ ।’

एक वर्ष अघि आफ्नो नेतृत्वको सरकारले रेलको कुरा गर्दा अरूले मजाक गरेको तर अहिले तिनै दलका घोषणापत्रमा रेलको कुरा देख्दा आफूलाई खुसी लागेको पनि उनले सुनाए ।

‘हामीले रेल बनाउछौ भन्यौं । काठमाडौँमा केहीले खेलौना नै तयार गरे । मजाक गरे । अहिले त भाषणमा पनि रेल नै घोषणापत्रमा पनि रेलकै कुरा सुन्दैछु’, ओलीले एमालेको अन्य पार्टीस“ग तुलनै नहुने दाबी गर्दै भने–‘एक वर्ष अघि रेल मजाक थियो । अहिले सबैलाई चाहिएको छ ।’

एमालेलाई छाडेर किन अरू पार्टीलाई भोट दिने भन्नेमा मै हु भन्ने वक्ताले पनि तर्क गर्न नसक्ने अवस्था रहेको भन्दै उनले रमाइलो पाराले सुनाए ।

‘कोही सिद्धहस्त वक्तृत्वकलावाज आउन र तिनले अरू पार्टीलाई किन भोट दिने र एमालेलाई किन नदिने भन्नेमा बहस गरुन । हामी खुला आमन्त्रण गर्छौँ । रेडियो, टेलिभिजनमा बहस लाइभ सुनौं’, आफ्नै शैलीमा यस पटक आफ्नो पार्टी एमालेको प्रतिष्पर्धी नभएको तर्क गर्दै ओलीले दाबी गरे–‘मलाई लाग्छ, कसैले दरखास्त हाल्नेवाला छैन । किनभने एमालेबाहेकका राजनीतिक दलहरूले जनताको मन जित्ने हैसियत गुमाइसकेका छन् ।’

कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं प्रचार विभागका सहइन्चार्ज सूर्य थापाले अन्य पार्टीका नेताहरू कोही छोरी, कोही दाइ र कोही ज्वाँइका लागि चुनाव जिताउन लागेको भन्दै नातावादको विरोध गरेका थिए । ‘एमालेले जनताको छोराछोरीलाई उठाएको छ । तिनैले जित्नेछन्’, थापाले भने ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७