‘साईनो’ को ट्रेलर सार्वजनिक (भिडियाेसिहत)


२६ असार २०७६, बिहीबार
saino

काठमाडौं, २६ असार । त्रिकोणात्मक प्रेम कथामा निर्माण भएको चलचित्र ‘साईनो’ को ट्रेलर सार्वजनिक भएको छ ।

आज काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै नेपाली चलचित्रकी प्रथम नायिका भूवन चन्दद्धारा निर्मित चलचित्र साईनोको ट्रेलर सार्वजनिक गरिएको हो । यो चलचित्र साउनको २४ गतेबाट रिलिज हुँदैछ । चलचित्रमा मिरुना मगर, नीता ढुंगाना, भूवन चन्द, बसुन्धरा भुषाल र नव–कलाकार राजकुमार मुख्य भूमिकामा रहेका छन् ।

चलचित्रको ट्रेलरमा विशेषगरी राजकुमार र मिरुनाको प्रेम, सामाजिक परिस्थिति, नीतासँगको भेटलाई मुख्य रुपमा प्रस्तुत गरिएको छ । चलचित्रले चेलिबेटी बेचबिखनको कथालाई पनि उठान गरेको निर्माण पक्षले बताएका छन् । रमेश थापाको निर्देशनमा तयार भएको चलचित्रमा अभिमन्यू निरवीको स्क्रिप्ट छ । चलचित्रका सह–निर्माता शरण थापा हुन् । चलचित्रमा रामेश्वर कार्की र नवराज उप्रेतीको छायांकन छ ।

हेर्नुुस् भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७