कस्तो बन्दै छ जान्हबी कपुरको हरर मुभि ?


२६ असार २०७६, बिहीबार
Janhvi Kapoor

काठमाडौं, २६ असार । बलिउड अभिनेत्री जान्हवी कपुर यतिबेला आगरामा छिन् । जहाँ उनी आफ्नो रोमान्टिक हरर फिल्म ‘रुही आफजा’ को छायांकनमा व्यस्त छिन् ।

फिल्मका कलाकारहरु आगराभन्दा करिव ७० किलोमिटर टाढा रहेको बटेश्वरमा छायांकन गरिरहेका छन् । यही मंगलबार बटेश्वर मन्दिरको मुख्य प्रवेशद्वारमा जान्हवीसहितका कलाकारहरुको अभिनय हेर्नका लागि मानिसहरुको ठूलो भिड लागेको थियो ।

छायांकनस्थलको नजिक यमुना नदीको किनारमा एक सय एक शिव मन्दिरहरु छन् । त्यसबाहेक, त्यहाँ भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीको पैतृक घर तथा शौरिपूर जैन मन्दिर पनि छ । हार्दिक मेहताद्वारा निर्देशित ‘रुही आफजा’ मा जान्हवीको साथमा अभिनेता राजकुमार रावले पनि अभिनय गरिरहेका छन् । उक्त फिल्म बटेश्वरका अतिरिक्त होलीपुरामा पनि गरिने बताइन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७