को हुन आँचलको बेष्ट फ्रेन्ड ?


२६ असार २०७६, बिहीबार
aachal sharma

काठमाडौं, २६ असार । नायिका आँचल शर्मा पछिल्लो रिलिज चलचित्र ‘दाल भात तरकारी’ पछि अहिले म्यूजिक भिडियोमा नै ब्यस्त छिन् । आँचल शर्मा सामाजिक संजाल र युटुबमा सक्रिय छिन् ।

उनै, आँचलले आफ्नो दैनिक अपडेट आफ्ना फ्यानलाई सामाजिक संजालबाट पनि गरिरहेकी छिन् । यसैवीच, आँचलले आफूले बेष्ट फ्रेन्ड भेटेको उल्लेख गरेपछि उनका फ्यानलाई चासो बढेको छ । आँचलले उदिप श्रेष्ठलाई आफ्नो सबैभन्दा मिल्ने साथी भनेकी छिन् ।

आँचलले इन्स्टाग्राममा राखेको तस्वीरमा उनी उदिपसँग खुशी देखिएकी छिन् । नेपाली चलचित्रमा आँचलका नायिका साथी नै धेरै छन् । नायक पल शाहसँग उनको प्रेम सम्बन्धको चर्चा चले पनि पछिल्लो समय सेलाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७