रामरहिमका नेपाली अवतार !


२९ मंसिर २०७४, शुक्रबार
ram rahim baba

दैवी शक्ति प्राप्त धर्मगुरु, जन्मजात अवतारी र तेत्तीसकोटि देवताको अवतार भएको बताउने एक व्यक्ति, जो १२ रोपनीमा फैलिएको सुविधासम्पन्न गुम्बामा बस्छ, महँगो मोटर चढ्छ अनि हाइप्रोफाइल शैलीमा हिँड्छ । त्यो व्यक्ति आफू १० औं पुस्तासम्म एउटै कुलमा जन्मिएको, ईश्वरबाट विशेष ज्ञान प्राप्त गरेको र पूर्वजन्मका सबै रहस्य आफूलाई थाहा भएको ढोंग रच्छ । अझ रोचक त के भने जुनसुकै रोग निको पार्न सक्ने ‘दैवी शक्ति’ आफूमा भएको दाबीसमेत गर्छ ऊ । ram rahim baba
यद्यपि त्यही व्यक्ति उपचार गर्न आफ्नो शरणमा आइपुगेका महिलाहरूलाई विश्वासमा लिएर, डरत्रास तथा अनुचित प्रभावमा पारेर कुदृष्टि मात्र लगाउँदैन, उनीहरूलाई जालमा पार्छ र निरन्तर यौन शोषणको सिकार बनाउँछ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ५ मंसिरमा दैवी शक्ति भएको धर्मगुरु बताउँदै काठमाडौंको दक्षिणकालीमा पेमा टासी छुल्ठिम घोम्बो कासुङ गुम्बा चलाएर महिलामाथि यौन शोषण गरेको आरोपमा ५६ वर्षीय छुल्ठिम दोर्जे योन्तान ९योन्जन० टुल्कु लामालाई पक्राउ गरेको छ । नेपालमा यौनशोषणको आरोपमा यति ठूला धर्मगुरु पक्राउ परेको सम्भवतस् यो पहिलो घटना हो ।
प्रहरीले टुल्कुले उपचारका नाममा महिलाको यौनशोषण गर्ने र त्यसको फोटो तथा भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने धम्की दिएर ‘ब्ल्याकमेलिङ’ गर्ने गरेको समेत जनाएको छ । अवतारी लामा बताउने टुल्कुको फेसबुकमा पनि केही त्यस्तै खालका तस्बिर फेला परेका छन्, जसमा उनी युवतीसँग मस्त चुम्बन गरिरहेका देखिन्छन् । उक्त तस्बिरको क्याम्प्सन छ, ‘यसलाई नकारात्मक दृष्टिले हेरे तपार्इंले धेरै नकारात्मक समस्या, अप्ठ्यारा र रोगहरू झेल्नुपर्नेछ अनि अलौकिक शक्तिले तपाईंको नोक्सान गर्न सक्छ ।’
‘हिज हाइनेस गुरु रिम्बोछे छुल्ठिम दोर्जे योन्तान (योन्जन) टुल्कु लामा रिम्बोछे’ नाम दिइएको उक्त फेसबुक पेजमा लामाले आफू बादलमाथि रहेको, नागको आशन बनाइएको र आफ्नो टाउको पछाडितिर सूर्य रहेको फोटोसप गरिएका तस्बिर प्रयोग गरेर आफू ‘भगवान् नै भएको भ्रम दिन’ समेत खोजेका छन् । मृगको बथान, विभिन्न कार्यक्रम, जापान भ्रमण तथा आफ्ना भक्तसँग खिचिएका केही तस्बिर पनि उनको फेसबुकमा छन् । लामाले आफ्नो वेबसाइटमा आफूले नै पृथ्वी बचाएको दाबीसमेत गरेका छन् ।
धर्म र तन्त्रको आवरणमा यौन शोषण गरेको आरोपमा पक्राउ परेका लामालाई प्रहरीले जबरजस्ती करणी तथा विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दायर गर्दै थप अनुसन्धान अघि बढाएको छ ।

यसरी परे फन्दामा
०६६ सालमा एलर्जी भएपछि एक युवती अभिभावकसँगै दक्षिणकाली चाल्नाखेलस्थित पेमा टासी छुल्ठिम घोम्बो कासुङ गुम्बा पुग्छिन् । त्यहाँ पुगेपछि पढेलेखेकी ती युवतीलाई स्वघोषित अवतारी लामा बताउने छुल्ठिम दोर्जे योन्तान ९योन्जन० टुल्कु लामाले आफूले सबै रोगको उपचार गर्ने विश्वास दिलाउँछन् । गुरु टुल्कुले उनको उपचार पनि सुरु गर्छन् । केही दिनको उपचारमा रोग निको हुने छाँटकाँट देखिँदैन । बरु, लामाले बिस्तारै आफ्नो उपचार शैली परिवर्तन गर्दै जान्छन् । उनी युवतीलाई एकान्त कोठामा लान्छन्, झारफुक गर्ने बहानामा वस्त्र फुकाल्न लगाउँछन् । उपचारका लागि लुगा खोल्न जरुरी रहेको भनेर कन्भिन्स गरेपछि युवतीले पनि लुगा फुकाल्छिन् । निर्वस्त्र बनाएपछि टुल्कुले जबरजस्ती उनको यौनशोषण गर्छन् ।
यो क्रम यतिमा मात्र सीमित हुँदैन, त्यसपछि युवतीलाई अनेकन डर डेखाउँदै निरन्तरजसो यौनशोषण गर्छन् ।
उनले आफूसँगको शारीरिक सम्बन्धका बारेमा अरूलाई जानकारी दिए पुनस् रोग बल्झिने, ठीक हुनका लागि आफूसँग मात्र यौनसम्पर्क गर्नुपर्ने, अरूसँग विवाह गरे वा परपुरुषसँग सम्बन्ध राखे मृत्यु हुने डर–त्रास देखाउँदै ब्ल्याकमेलिङ गर्न थालेपछि ती युवती ०६७ सालदेखि गुफामै बस्न बाध्य हुन्छिन् । पहिले ‘आफूबाहेक अरूसँग शारीरिक सम्पर्क राखे वा विवाह गरे मृत्यु हुने’ डर त्रास देखाउने टुल्कुले पछि उनलाई परिवार र आफन्तसँग समेत सम्पर्क गर्न रोक लगाउन थाल्छन् ।
आठ वर्षसम्म निरन्तर शोषण र त्यसमाथि परिवारसँग समेत भेट्न नदिएपछि आजित भएकी पीडित युवती प्रहरी गुहार्न पुग्छिन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० मा युवतीले टुल्कुको यौनशोषणसम्बन्धी उजुरी दिएपछि ब्युरोले विशेष सुराकीसहित आफ्नो अनुसन्धान अघि बढाउँछ ।
केही दिनको अनुसन्धानपछि धर्मको आवरणमा यौन प्यास मेटाउने सुराकहरू फेला परेपछि ५ मंसिरमा प्रहरीले उनलाई पक्राउ गरेको हो । ११ मंसिरमा लामालाई सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख डिआइजी पुष्कर कार्कीले यौनजन्य गतिविधि गरेको उजुरीपछि लामालाई पक्राउ गरिएको बताए । ‘हामीलाई केही महिला आएर उजुरी दिएका थिए, हाम्रो अनुसन्धानका क्रममा पनि केही सुराक फेला परेपछि उनलाई पक्राउ गरिएको हो,’ कार्कीले साप्ताहिकसँग भने, ‘यस विषयमा थप अनुसन्धान जारी छ ।’
प्रहरीका अनुसार लामाले आफू जुनसुकै रोग निको पार्न सक्ने दैवीशक्ति प्राप्त अवतारी लामा भएको भन्दै महिलाहरूलाई भ्रममा पारेर उपचार गर्ने नाममा निर्वस्त्र बनाई एकान्त कोठामा यौनशोषण गर्दै आएका थिए । रोचक त के छ भने लामाले आफू १० औं पुस्तासम्म पनि एउटै कुलमा जन्मिएको भन्दै मानिसहरूमा भ्रम छर्ने गरेका थिए । प्रहरी अनुसन्धानका क्रममा गुम्बामा अन्य ६ जना महिला त्यहीँ बस्ने गरेको पाइएको छ । ‘२२र२३ वर्षदेखि बूढीसम्म गरी ६ जना महिला त्यही बस्ने गरेको बुझिन्छ,’ सिआईबीका प्रवक्ता जीवन श्रेष्ठले भने, ‘महिलाहरूबाहेक केही पुरुष सहयोगी पनि गुम्बामै बस्छन् । केही भने दिउँसो जाने, काम गर्ने र साँझ घर फर्कने गरेको पाइन्छ ।’ प्रहरीका अनुसार प्लस टु पढेकादेखि नपढेका महिलाहरू पनि लामाको यौनहिंसाको शिकार भएको हुन सक्ने देखिएको छ ।

को हुन् अवतारी ?
कुश्वेश्वर, दुम्जा–९, सिन्धुलीका स्थायी बासिन्दा हुन्— रिम्पोछे छुल्ठिम दोर्जे योन्तान ९योन्जन० टुल्कु लामा । ५६ वर्षीय लामाले विगत १० वर्षदेखि काठमाडौंको दक्षिणकाली–१ चाल्नाखेल बोसनस्थित पेमा टासी छुल्ठिम घोम्बो गुम्बा सञ्चालन गरिरहेका छन् । प्रहरीका अनुसार उक्त गुम्बा दर्ता भएको छैन । अवैधानिक रूपमा गुम्बा चलाइरहेका टुल्कुका छोरा तथा परिवारका अन्य सदस्यहरू झापातिर रहेको प्रारम्भिक सूचना प्रहरीसँग छ ।
लामा आफूले ईश्वरबाट विशेष ज्ञान प्राप्त गरेको भन्दै गुम्बा बनाएर त्यहाँ बसिरहेका थिए । उक्त गुम्बा १२ रोपनी क्षेत्रफलमा फैलिएको छ । गुम्बाभित्र तीनतले भवन छ जहाँ टुल्कुका लागि सुविधासम्पन्न कोठाहरू छन् ।
दैवी शक्ति प्राप्त भएकाले जस्तोसुकै रोग निको पार्न सक्ने भ्रम फैलाएका लामालाई मानिसहरूले ५० लाखसम्म दान गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । ‘मानिसहरूले पचासौं लाख दान गरेको पनि जानकारीमा आएको छ,’ सिआईबीका प्रवक्ता जीवन श्रेष्ठले भने, ‘कतिपय मानिसहरू पैसा भएर पनि उपचार नभएपछि तनावमा हुन्छन्, टुल्कुले उनीहरूलाई भ्रममा पारेको देखिन्छ ।’ प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनी गुम्बामा पस्नुअघि ट्रेकिङ ब्यवसायी रहेको पाइएको बताइन्छ । १२ रोपनीमा बनेको उनको गुम्बा नेपाल सरकारको कुनै निकायमा दर्ता भएको छैन । लामाले गुम्बाका सम्पूर्ण सम्पत्ति आफ्नै नाममा राखेको हुनसक्ने प्रहरीको आशंका छ । उनले यो गुम्बा विस्तार गर्ने क्रम पनि जारी राखेका थिए । आफू चढ्ने गाडी पनि भक्तले आफूलाई दान दिएको बयान उनले प्रहरीलाई दिएका छन् ।
प्रहरीले उनले अहिलेसम्म कतैबाट शिक्षा लिएको समेत नदेखिएको जनाएको छ । ‘उनले कतै शिक्षा लिएको पनि देखिँदैन,’ प्रवक्ता श्रेष्ठले भने, ‘कहाँबाट आउँछ यस्ता कुरा भन्यो भने आफैं आउँछ भन्छन् ।’ लामाकहाँ सामान्यदेखि हाइप्रोफाइल व्यक्तिहरू पनि उपचारका लागि पुगेको पाइन्छ । उनी त्यहाँ उपचारमा आउनेहरूसँग कथा सुनाउने तथा धार्मिक कुरा गर्ने कामसमेत गर्थे ।

अनुसन्धानबाट खुलेका कुरा

  1. १० वर्षदेखि दक्षिणकाली नगरपालिका, चाल्नाखेल, बोसनमा पेमा टासी छुल्ठिम कासुङ गुम्बा सञ्चालन  गरी बसेको
  2. उक्त गुम्बामा महिलाको संख्या बढी भएको
  3. उपचार गराउन आएका महिलाहरूलाई उपचारका क्रममा एकान्त कोठामा निर्वस्त्र गराई जबरजस्ती शारीरिक सम्बन्ध राखेको
  4. पीडित महिलाहरूलाई उक्त कुरा कसैलाई भनेको खण्डमा ठूलो क्षति हुन्छ, पुनस् रोग बल्झिन्छ, रोगको उपचारका निम्ति निज गुरुसँगै यौन सम्पर्क राख्नुपर्छ भन्ने गरेको
  5. आफू तेत्तीसकोटी देवताको अवतार भएको र गुरु रिसाए अनिष्ट हुने भनी डर–त्रास देखाई भ्रममा पारेको
  6. पीडित महिलाहरूलाई परपुरुषसँग विवाह गरे तिम्रो मृत्यु हुन्छ भन्ने त्रास देखाई बारम्बार यौनसम्पर्क गर्ने गरेको ।

शुक्रबार साम्ताहिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७