सञ्चारमन्त्रीको प्रश्न, ‘कांग्रेस दिनभर वीपी, रातभर विप्लव हो ?’


२६ असार २०७६, बिहीबार
gokul baskota 1024x683 1

काठमाडौं, २६ असार । सरकारमा प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई हेर्ने दृष्टिकोण स्पष्ट हुनुपर्ने बताएका छन् ।

मन्त्रि परिषदको निर्णय र सरकारी धारणा सार्वजनिक गर्दै मन्त्री बास्कोटाले विप्लव समूहको हिंसाबारे प्रमुख प्रतिपक्षको धारणा माग गरेका हुन् । हिंसा गर्ने विप्लव समूह र हिंसा नगर भन्ने सरकारलाई कांग्रेसले एउटै नजरले हेर्ने हो भने कांग्रेस बेलैमा स्पष्ट हुनुपर्ने मन्त्री बाँस्कोटाले बताएका छन् ।

बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भने, ‘हिंसाबारे कांग्रेसको धारणा के हो ? बन्द हुनुपर्छ वा विप्लवजीहरुले गरेको हिंसा बैध हो ?’

भोजपुरमा प्रहरी मारिएको स्मरण गर्दै उनले हिंसा आतंकलाई प्रोत्साहित गर्दै जाँदा कहाँ पुगिन्छ भन्ने विगतलाई सम्झिन कांग्रेसलाई आग्रह गरेका छन् । उनले थपे, ‘कि दिनभर वीपी, रातभर विप्लव हो ?’

हिंसाको सहारा लिएर सरकारलाई घेराबन्दी गर्न खोज्छु भन्ने सोचेको हो भने कोही पनि नउम्कने चेतावनी समेत मन्त्री बास्कोटाले दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७