‘सिआइबीको डिएसपी’ भन्दै ठगी धन्दा


२६ असार २०७६, बिहीबार
thagi

धादिङ, २६ असार । आफूलाई नेपाल प्रहरीको डिएसपी भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धादिङ धुनिबेंसी नगरपालिका–२ का ३८ वर्षीय राजेन्द्रप्रसाद लुईटेललाई काठमाडौं नागार्जुन नगरपालिका–७ सीतापाइलाबाट बुधबार पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख डिएसपी कुमारविक्रम थापाले जानकारी दिए ।

लुईटेलले काठमाडौं चन्द्रागिरी बस्ने एक व्यक्तिलाई ‘नेपाल प्रहरीको सिआइबीमा कार्यरत डिएसपी’ भन्दै ठगेका थिए । आफ्नो सेक्युरिटी कम्पनी रहेको र सो कम्पनीमा ५ प्रतिशत शेयर हाल्न नगद १ लाख ६० हजार रुपैयाँ दिनु भनी पटक–पटक भेट तथा फोन गरी नगद १० हजार रुपैयाँ लिइसकेको अवस्थामा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

अन्य रकम माग गर्दै गरेको भन्ने खबर आएपछि महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरिएको परिसर प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले बताएका छन् । उनको साथबाट रेडियो सेट १ थान, सो को चार्जर १ थान र नगद १० हजार रुपैयाँ प्रहरीले बरामद गरेको छ। पक्राउ परेका लुईटेलउपर ठगी मुद्दामा अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७