१३ औ इक्यान शैक्षिक मेला सुरु, के-के छन् आकर्षण ?


२६ असार २०७६, बिहीबार
Baburam Bhattarai at Ecan

काठमाडौं, २६ असार :  नेपाल शैक्षिक परामर्श संघ (इक्यानं) को १३ औं इक्यान बृहत शैक्षिक मेला सुरु भएको छ । शिक्षा सम्बन्धी जानकारी र परामर्श दिने उद्देश्यले मेलाको आयोजना गरिएको हो ।

विहिबार समाजवादी पार्टी नेपालका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मेलाको उद्घाटन गरे । डा.भट्टराईले नेपाली विद्यार्थीहरु अध्ययनको लागि जहाँ गएपनि शिक्षा हासिल गरेपछि नेपाल फर्किनु पर्ने बताए । विदेशमा आर्जन गरेको ज्ञान र सिप नेपालमा आएर उपयोग गर्न गर्नु पर्ने उनको भनाई छ ।

ब्रिटिस काउन्सिल कन्ट्री डाइरेक्टर जिम ओनिलले ब्रिटिस काउन्सिलले विगत ६० वर्षदेखि नेपालको सांस्कृतिक र शैक्षिक क्षेत्रमा योगदान पुर्याउँदै आएको बताए ।

अभिभावक महासंघ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुलाई सचेत भएर जान आग्रह गरे । उनले विदेश जानुपूर्व आवश्यक जानकारी लिनका लागि यस्ता मेलाहरु निकै फलदायी हुने बताए ।

इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले इक्यान मेलाले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी मेला आयोजना गरिएको बताए ।


के छ आकर्षण ?
अध्यक्ष पाण्डेका अनुसार विहिबार देखि २९ गतेसम्म चल्ने मेलामा शैक्षीक परामर्श व्यवसायीहरू, स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरू तथा भारत, चीन, बंगलादेश, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्युजिल्यान्ड, अस्ट्रेलिया, आयरल्यान्ड, नर्वे, फिनल्यान्ड, मलेसियालगायत देशका कलेज तथा विश्वविद्यालयका आधाकारिक प्रतिनिधिहरूको सहभागिता रहनेछ । 

इक्यानाक संस्थाहरू जो नेपालका प्रतिष्ठित शैक्षिक परामर्शदाताहरू छन् उनीहरुबाट बेग्लाबेग्लै स्टलहरूका साथ प्रभावकारी सूचनाप्रवाह गरिनेछ ।

विद्यार्थी र अभिभावकलाई शैक्षिक परामर्शका लागि सहजता प्रदान गर्न आयोजना गरिएको यो मेलामा मेलामा १ लाख ५० हजार बढीको सहभागिता हुने अपेक्षा रहेको अध्यक्ष पाण्डले बताए । उनले भने, ‘स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरू, विश्वविद्यालयहरू र त्यहाँ प्राप्त हुन सक्ने छात्रवृत्ति सूविधा एवं गुणस्तरीय शिक्षामा विद्यार्थीहरूको समुचित पहुँचको लागि परामर्श सेवा प्रदान गर्ने उद्देश्य हो ।’

हेर्नुहोस् फोटो फिचर :-

Babu Ram bhattarai 2 Babu Ram Bhattarai Babu Ram Lamichane Bhattarai Baburam Bishnu hari Pandey Eacn fair Ecam Ecan fair

ब्रिटिस काउन्सिलको मुख्य आयोजक रहेको मेलाको टाईटल स्पोन्सरमा राईट पाथ क्यारियर काउन्सिलिङ्ग प्रालि, मुख्य प्रायोजक स्पोन्सर्समा मेटस एजुकेसन प्रालि, पावर्ड बाईमा पाथफाईन्डर ईन्टरनेसनल एजुकेसन प्रालि, डाईमन्ड स्पोन्सर्समा बिजिएमइए युनिभरसिटि अफ फेसन, गोल्ड स्पोन्सर्समा ग्रेस ईन्टरनेसनल एजुकेसन, सिल्भर स्पोन्सर्समा थोमस ईन्टरनेसनल एजुकेसन प्रा. लि. तथा ब्राउन्ज स्पोन्सर्समा भिष्टा ईन्टरनेसनल एजुकेसन प्रा. लि. रहेका छन् ।

मेलाको स्पोन्सर्समा ड्रिम डेस्टिनि एजुकेसन फाउण्डेसन प्रा. लि., अरविट ईन्टरनेसनल एजुकेसन प्रालि, डानिस अहमद कलेज, ग्लोबल एजुकेसन एकेडमी, ड्रिम डेस्टिनी ईन्टरनेसनल ट्राभल्स, एफ एम ग्रुप टेनिङ्ग सेन्टर, गनपत युनिभरसिटि, लिङकन एजुकेसनल कन्सल्टेन्सि प्रालि, प्रेसिडेन्ट एजुकेसनल कन्सल्टेन्सि प्रालि,कङ्गारु एजुकेसन फाउण्डेसन प्रालि, रोयल एजुकेसनल फाउण्डेसन प्रालि, नामी कलेज लगायत रहेका छन् ।

मेलाको वैकिङ्ग पार्टनरमा सिटिजन्स बैक ईन्टरनेसनल, माछापुच्छे बैक, ईन्टरनेट पार्टनरमा भायनेट, अफिसियल मिडिया पार्टनरमा मकालु खवर रहेको छ । त्यस्तै यस मेलाको सपोर्टेड बाईमा नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्वर अफ कमर्श, अभिभावक महासंघ नेपाल, शैक्षिाक पत्रकार संजाल (इजोन)  रहेका छन । मेला बिहान ११ बजेदेखि शुरु हुनेछ । मेलालाई हाइटेक बनाउन मेला क्षेत्रमा डस्टफ्रि जोन (धुलो मुक्त क्षेत्र)  हुने इक्यानले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७