वीपी प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार घुससहित पक्राउ


२६ असार २०७६, बिहीबार
rauniyar

काठमाडौं, २६ असार :  सुनसरीको धरानस्थिन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार सहित दुई जना घुससहित पक्राउ परेका छन् । अख्तियारको टोलीले उनीसहित अर्का डाक्टर रामहरी रौनियारलाई पक्राउ गरेको छ ।

अख्तियारका प्रवक्ता प्रदिप कुमार कोइरालाका अनुसार उनीहरु ८ लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा धरानबाट पक्राउ परेका हुन्। उनलाई अख्तियारको टोलीले ८ लाख घुससहित कार्यालय परिसरस्थित उपकुलपति निवासबाटै रङ्गेहात पक्राउ गरेको हो ।

अख्तियारका प्रवक्ता प्रदिप कुमार कोइरालाका अनुसार उनीहरु ८ लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा धरानबाट पक्राउ परेका हुन्।

 

 अख्तियारको विज्ञप्ति


मिति २०७६।०३।२६ गते
वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार र डा. रामहरी रौनियार घुस रकम सहित नियन्त्रणमा
वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार र डा. रामहरी रौनियारले प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिसन वापत सेवाग्राहीसँग घुस रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले निजहरु प्रा.डा. राजकुमार रौनियार र डा. रामहरी रौनियारलाई सेवाग्राहीसँग रू.८,००,०००।– (आठ लाख) घुस बापतको रकम लिइसकेको अवस्थामा उक्त घुस रकमसहित कार्यालय परिसरस्थित निज उपकुलपतिको निवास, धरानबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।


प्रदीपकुमार कोइराला
प्रवक्ता

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७