अष्ट्रेलियालाई ८ विकेटले हराउँदै इंग्ल्याण्ड विश्वकपको फाइनलमा


२६ असार २०७६, बिहीबार
england vs austrilia

 काठमाडौं, २६ असार (एजेन्सी) । आयोजक इंग्ल्याण्ड आइसीसी एकदिवसिय विश्वकपको फाइनल प्रवेश गरेको छ । विश्वकपको दोस्रो सेमिफाइनलमा अष्ट्रेलियालाई ८ विकेटले पराजित गर्दे इंग्ल्याण्ड फाइनल प्रवेश गरेको हो ।

डिफेन्डिङ च्याम्पियन समेत रहेको अष्ट्रेलियाले ब्रमिंघममा टस जितेर पहिले ब्याटिङ गर्दे दिएको २२४ रनको लक्ष्य दुई विकेट गुमाएर ३२ ओभरमा पुरा गरे ।  इग्ल्याण्डका ओपनर जोन्सन रुटले ८५ रन बनाए । जोन्नी बरिष्टोले ३४ रन, इयन मोर्गन ४५ र जोय रुट ४९ रन बनाए ।

अष्ट्रेलियाका लागि पेट कमिन्स र मिचेन स्टार्कले एक–एक विकेट लिए ।

यसअघि कमजोर स’रुवात गरेको अष्ट्रेलियाको स्टिभ स्मिथले सर्वाधिक ८५ रनको योगदानसँगै मध्यम लक्ष्य दिएको थियो । ४८ ओभरको पहिलो बलमा रन आउट हुनुअघि स्मिथले १ सय १९ बलमा ६ चौका प्रहार गरे । अष्ट्रेलियाको १४ रन बनाउँदा चार विकेट गुमाएको थियो । उसका सुरुवाती तीन खेलाडी दोहोरो रन बनाउन सकेन् । जसमा डेविड वार्नर नौ रन, कप्तान आरोन फिन्च गोल्डेन डक र विश्वकपमा डेब्यु गरेका पिटर ह्याम्डक्याप मात्र चार रन बनाए ।

अष्ट्रेलियाको लागि चौथो विकेटका लागि स्टिभ स्मिथ र एलेक्स क्यारीले सतकीय साझेदारी गर्दै टिमको पारीलाई सम्हालेका थिए । उनले एक सय चार रनको साझेदारी गरे । जसमा एलेक्सले ४६ रन बनाए ।

त्यसपछि लगत्तै मार्कुस स्टोनीस पनि खाता खोल्न नपाउदै आउट भएपछि अष्ट्रेलियाले एक सय १८ रनमा पाँच विकेट गुमेको थियो ।

ग्लेन म्याक्सवेल २२ रनमा आउट भए । भने प्याट कुमिन्सले मात्र ६ रन बनाए । यस्तै मिचेल स्टार्कले २९ रन बनाउँदा स्मिथले सर्वाधिक ८५ रन जोडे ।

इंग्ल्यान्डका लागि क्रिस वोक्सले ८ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । आदिल राशिदले १० ओभरमा ५४ रन खर्चेर ३ विकेट हात पारे । जोफ्रा आर्चरले १० ओभरमा ३२ रन खर्चेर २ विकेट हात पारे । मार्क उडको नाममा १ विकेट रह्यो ।

विश्वकपमा अघि भारतलाई हराउँदै न्यूजिल्याण्ड विश्वकपको फाइनलमा प्रवेश गरिसकेको छ ।

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७