खाडी क्षेत्रमा ध्वजावाहक पानीजहाजले सुरक्षा सावधानी अपनाउनु : बेलायत


२७ असार २०७६, शुक्रबार
ship

काठमाडौं, २७ असार । बेलायतले आफ्नो देशको ध्वजावाहक पानीजहाजलाई खाडी क्षेत्रबाट अघि बढ्दा सुरक्षा सावधानी अपनाउन निर्देशन दिएको छ ।

इरानका तीन वटा जहाजले बेलायतको एक तेल ट्यांकरलाई बाटो छेक्न खोजेको सार्वजनिक भएपछि बेलायतले सावधानी अपनाउन पानीजहाजहरुलाई निर्देशन दिएको हो । बेलायतको यातायात मन्त्रालयले आफ्ना पानीजहाजलाई तीव्र गतिमा अघि बढ्न सुझाव दिएको हो ।

बेलायती सरकारका प्रवक्ताले इरानले गरेको व्यवहार अन्तर्राष्ट्रिय कानुन विपरीत भएको बताएका छन् । इरानका पानीजहाजले खाडी क्षेत्रमा बेलायती तेल ट्यांकरलाई रोक्ने प्रयास गरेको भन्दै बेलायती प्रधानमन्त्रीका सल्लाहकारले उक्त क्षेत्रमा जारी तनाव कम गर्न आग्रह गरेका छन् ।

तीन वटा इरानी पानीजहाज तथा बेलायती ट्यांकरका बीचमा बेलायती नौसैनिक पानीजहाज एचएमएस मन्ट्रोज पसेपछि इरानी जहाजलाई मौखिक चेतावनी दिनुपरेको रक्षा मन्त्रालयले जनाएको छ ।

इरानको रेभोल्युसनरी गार्डले भने उक्त घटनाका आफ्नो संलग्नता नरहेको जनाएको छ । तर, इरानले गत साता जिब्राल्टर नजिकै उसको ट्यांकर कब्जा गरिएको विषयको बदला लिने धम्की दिइरहेको दिँदै आएको थियो ।

इरानको सैन्य निकायका एक सहायक कमाण्डरले भने गत हप्ता इरानी तेल ट्यांकर कब्जामा लिएको विषयमा अमेरिका र बेलायत पछुताउनुपर्ने बताएका छन् । अमेरिकी सेन्ट्रल कमाण्डले भने समुद्री क्षेत्रमा अन्तर्राष्ट्रिय पानीजहाजको स्वतन्त्र आवतजावतका लागि कुनै समस्या उब्जिए त्यसको अन्तर्राष्ट्रिय समाधान नै खोजिनुपर्ने बताएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७