नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो, मुस्किलले एकतर्फी मात्रै गाडी चल्दै


२७ असार २०७६, शुक्रबार
Muglin Sadak

काठमाडौं, २७ असार । नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो झरेका कारण यातायात सञ्चालनमा समस्या भएको छ ।

सडकमा पहिरो झरेपछि अहिले सो खण्डमा मुस्किलले एकतर्फी मात्रै गाडी चलिरहेका छन् । बिहीबार राति भएको वर्षाका कारण पहिरो खसेपछि सडक एकतर्फी मात्रै सञ्चालनमा आएको हो ।

यो सडक खण्डको सत्र किलोमा बिहीबार राति १० बजेतिर पहिरो खसेकाले एकतर्फी रुपमा मात्रै गाडी चलेको र ठूलो पानी परिरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ ।

एकतर्फी रुपमा आलोपालो गरी मात्रै गाडी चलेकाले लामो जाम भएको पनि प्रहरीले जनाएको छ ।
यो सडक खण्ड निर्माणका क्रममा अघिल्लो वर्ष पनि पहिरोका कारण यात्रुले सास्ती बेहोर्नु परेको थियो । वर्षा लागेसँगै यस खण्डमा वर्षेनी पहिरोको समस्या बढ्ने गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७