बेलायती युवराजद्वारा ४० गोर्खा सैनिकलाई तक्मा


२७ असार २०७६, शुक्रबार
gorkha takma 1272019055130

लन्डन, २७ असार । बेलायती युवराज चार्लसले बेलायती सेनाको ‘ब्रिगेड अफ गोर्खाज’ का ४० सैनिकलाई तक्मा प्रदान गरेका छन् ।

७० वर्षीय युवराजले लन्डननजिकै केन्टमा रोयल गोर्खा राइफल्सको २५ औं वार्षिकोत्सवका अवसरमा रोयल गोर्खा राइफल्सको पहिलो बटालियनका सैनिकलाई तक्मा प्रदान गरेका हुन् ।

वान आरजीआरका दुई कम्पनी, थर्ड बटालियनको एक कम्पनी, प्यारासुट रेजिमेन्टसहित सयौं सैनिकमाझ युवराजले गोर्खालाई तक्मा प्रदान गरेका हुन् ।
तक्मा पाउने सैनिकहरू अफगानिस्तानबाट फर्केपछि फोक्सटनस्थित सर जोन मुर ब्यारेकमा ड्युटीमा छन् ।

बेलायतको राजगद्दीका उत्तराधिकारी युवराज चार्लसलाई गोर्खा सैनिकले माला लगाइदिएर स्वागत गरेका थिए । दुइटा विश्वयुद्धमा ४० हजारभन्दा बढी गोर्खाहरू बेलायतका लागि लड्ने क्रममा दिवंगत भएका थिए ।

बेलायत सरकारले आफूहरूको योगदानको कदर नगरेको तथा पेन्सनमा भेदभाव गरेको भन्दै भूपू गोर्खाहरू असन्तुष्ट छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७