रोहन र श्रद्धाको लगनगाँठो बाँधिने नै हो त ?


२७ असार २०७६, शुक्रबार
sharada kapur

काठमाडौं, २७ असार । नेपाली मुलका रोहन श्रेष्ठसँग बलिउड अभिनेत्री श्रद्धा कपूरको विवाह हुने चर्चा धेरै पहिलेको हो । कुनै बेला यो चर्चाले बलिउड र कलिउड तताएको थियो । पछि श्रद्धाका पारिवारिक स्रोतले यसलाई खण्डन गरिदिए । फेरि पुन श्रद्धा र रोहनको विवाह हुने सम्भावना बलियो बनेको छ । आगामी बर्ष उनीहरुको विवाह हुने भएको छ ।

अभिनेत्री श्रद्धा कपूर यतिबेला आफ्नो नयाँ फिल्म ‘साहो’ को अतिरिक्त रिलेशनसिपका कारण पनि चर्चामा छिन् । उनी रोहनसँग रिलेशनसिपमा रहेको र घरजम गर्ने सुर समेत रहेको चर्चा छ । नेपाली मुलका रोहन श्रेष्ठ बलिउडका स्थापित फोटोग्राफर राकेश श्रेष्ठका छोरा हुन् । रोहन आफैं पनि फोटोग्राफर हुन् । उनले बलिउडका प्रायः सबै सेलिब्रेटीहरुको फोटोसेसन गरिसकेका छन् । उनी फुटबलरको रुपमा समेत चिनिन्छन् ।

प्राप्त पछिल्ला विवरणहरुका अनुसार श्रद्धा र रोहन सन् २०२० को कुनै महिना वैवाहिक जीवनमा बाँधिदै छन् । उनीहरु विगत दुई वर्षदेखि रिलेशनसिपमा छन् । अब भने उनहिरुले आफ्नो रिलेशनसिपलाई आधिकारिता दिने निर्णय गरेका हुन् । त्यसो त श्रद्धा र रोहनको विवाहको औपचारिकताका बारेमा हालसम्म आधिकारिक पुष्टि भइसकेको छैन ।

श्रद्धा यतिबेला आफ्नो बहुप्रतिक्षित फिल्म साहोको प्रदर्शन मिति पर्खेर बसेकी छिन् । फिल्ममा उनी बाहुबली स्टार प्रभाससंग देखिदै छिन् । यो फिल्म अगष्ट १५ का दिन प्रदर्शन हुँदैछ । उक्त फिल्ममा नील नितिन मुकेह, ज्याकी श्राफ, चंकी पाण्डे, महेश मंजरेकर, मन्दिरा बेदीलगाएतका कलाकारले पनि अभिनय गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७