रेखाको फिल्ममा रेनशाको निर्देशन


२७ असार २०७६, शुक्रबार
renasha and rekha

काठमाडौं, २७ असार । नायिका रेखा थापाले नयाँ चलचित्र निर्माण थालेकी छिन् । रेखा फिल्मसको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको नाम फाइनल भइसकेको छैन ।

चलचित्रका लागि रेखाले निर्देशकको रुपमा रेनशा वान्तवा राईलाई फाइनल गरेकी छिन् । रेखा र रेनशावीच कागजी सम्झौता भएको हो । रेनशाले निर्देशन गरेको पहिलो चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ बक्स अफिसमा औषत भए पनि उनको कामले भने तारिफ पाएको थियो । रेनशा अहिले दोश्रो चलचित्र ‘आई एम ट्वान्टी वान’ निर्देशन गर्ने तयारीमा छिन् । यही वीचमा उनले रेखाको ब्यानरमा काम गर्न लागेकी हुन् ।

यो चलचित्रको अहिले कथामा धमाधम काम भइरहेको छ । चलचित्रमा मल्टिस्टारर कलाकार हुने वुझिएको छ । चलचित्रको छायांकन माघदेखि शुरु गर्ने तयारी गरिएको वुझिएको छ । कस्तो कथामा चलचित्र बन्छ भन्ने खुलाइएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७