‘पोई पर्‍याे काले’ लाई लिए र यस्तो भन्छन् पूजा र आकाश


२७ असार २०७६, शुक्रबार
puja aakash

काठमाडौं, २७ असार । शिशिर राणाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘पोई पर्‍याे काले’ को हाल धमाधम डबिङ चलिरहेको छ ।

चलचित्रको एउटा गीतको छायांकन भने बाँकी नै छ । कात्तिक ८ गतेबाट यो चलचित्र रिलिज हुँदैछ । चलचित्र निर्देशक शिशिर राणाको कमेडी तथा सामाजिक कथामा आधारित रहेको बताएका छन् । चलचित्रमा सौगात मल्ल, श्रृष्टी श्रेष्ठ, सोहित मानन्धरको पनि मुख्य भूमिका छ ।

नायिका पूजा शर्माले भनिन्, ‘यो चलचित्रमा दर्शकले मलाई घमण्डी युवतीको भूमिकामा देख्नुहुनेछ । यसैले म आफै पनि फरक भूमिका गर्न पाउँदा उत्साहित छु ।’ नायक आकाश श्रेष्ठले पनि डबिङमा चलचित्र हेरिरहँदा आफू उत्साहित भएको सुनाए । उनले भने, ‘चलचित्रको कथावस्तु रमाइलो छ । सामाजिक कथालाई निर्देशकले कमेडी शैलीमा प्रस्तुत गर्नुभएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७