शान्ति स्थापनार्थ सुडानस्थित अनामिड मिसनमा जाने प्रहरी टोलीको बिदाई


२७ असार २०७६, शुक्रबार
Nepal police

काठमाडौँ, २७ असार । संयुक्त राष्ट्र सङ्घको अनुरोधमा शान्ति स्थापनार्थ सुडानस्थित अनामिड मिशनमा जाने प्रहरी टोलीलाई बिदाइ गरिएको छ ।

प्रहरी प्रधान कार्यालय युएन महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विभूतिराज पाण्डेले शुक्रबार शान्ति मिशनमा जाने प्रहरी कर्मचारीलाई बिदाइ गरेको हो ।

उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक पाण्डेले प्रहरीले मिशनमा खटिँदा बनाएको छविलाई कायम राख्दै सङ्गठनको नीतिअनुरुप कार्य सम्पादन गर्न निर्देशन दिए । उनले मिशनमा रहँदा पालना गर्नुपर्ने अनुशासन र कार्यहरुका बारेमा समेत जानकारी गराएको थियो ।

उक्त मिशनमा नौ प्रहरी नायब उपरीक्षक, तीन प्रहरी निरीक्षक गरी १२ जना प्रहरी अधिकृतहरु यही असार २९ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७