छवि भन्छन्, ‘मेरोतर्फबाट डिभोर्स दिन्न्’


२७ असार २०७६, शुक्रबार
Shilpa Pokharel Chhabi raj Ojha

काठमाडौं, २७ असार । निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलवीचको घरयासी विवाद बिहीबार भएको छलफलबाट उनीहरुले मिलापत्र गरेका छन् ।

शिल्पा अब छविको साथमा बस्छिन्, या बस्दिनन् भन्ने टुंगो लागेको छैन् । शिल्पाको पक्षको कुरा सुन्दा कानुनी प्रक्रियामा जाने देखिएको छ । तर, निर्माता छविराज ओझा भने आफ्नोतर्फबाट शिल्पालाई डिभोर्स नदिने बताएका छन् । छविले मिडियाकर्मीसँग भने, ‘यो मिडियामा नआउनुपर्ने कुरा थियो आयो । श्रीमान् श्रीमतीको झगडा जसको पनि पर्छ ।’

छविले घर फर्किने कि नफर्किने भन्ने कुरा शिल्पाको हातमा रहेको बताएका छन् । उनले भने, ‘मेरो तर्फबाट डिभोर्स दिन्नँ । घर फर्किनुहोस् भनेर मैले उहाँलाई भनेको छु ।’ शिल्पाले असार ८ गते घर छाडेकी थिइन् । यसपछि, छविले शिल्पालाई एकपटक पनि फोन गरेका थिएनन् । यो बिषयमा छवि भन्छन् ‘उहाँको दाइ विकास रौनियार आएर उहाँलाई लिएर जानुभएको हो । दिदी–भिनाजुकोमा गएको मान्छेलाई मैले किन फोन गर्ने ? बरु, उहाँहरुले मलाई शिल्पा झगडा गरेर आएकी किन हो भनेर फोन गर्नुपर्ने होइन ?’

छविले शिल्पा प्रहरी प्रभागबाट रुँदै निस्किएको बिषयमा भने ‘रुन त हामीलाई पनि आउँछ । रोटी एकहोरो पाक्दैन, दोहोरो नै पाक्नपर्छ । मैले उहाँलाई तपाई एक हुने बिषयमा सोच्नुहोस्, कसैले उचालेको भरमा उचालिएर नबस्नुहोस् भनेको छु ।’

छवि र शिल्पावीच २५ बर्षको अन्तर छ । तर, छवि आफूहरुमा असहमति आउनुमा उमेरको गल्ती नभएको बताउँछन् । उनले भने, ‘यो उमेर अन्तरले भएको कुरा नै होइन । यो कुरा लगाउनेहरुले उचालेर सिर्जना भएको परिस्थिति हो । श्रीमान् श्रीमतीको झगडा जहाँ पनि हुन्छ र मिलेर अघि बढ्न जान्नु पर्छ ।’ छविले घुमाउरो शैलीमा शिल्पाले अरुको कुरा सुनेकाले यो परिस्थिति आएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७