१० लाख खर्चेर आफ्नै श्रीमतीको हत्या, २५ दिनपछि जङ्गलमा भेटियो कंकाल


२७ असार २०७६, शुक्रबार
rambazazr pokhara 1

पोखरा, २७ असार । आफ्नी श्रीमतीको लागि मकवानपुर घर भई पोखरा–१० रामबजारमा मोवाइल पसल गरी बस्ने ३५ बर्षिय रमेश नेपालीले ६ लाख ऋण लिन्छन् ।

उनले आफ्नो पसलमा सामान हाल्न भन्दै ऋण लिएर श्रीमती मार्ने व्यक्तिलाई पैसा दिन्छन् । १० लाखमा काम सक्ने सहमति हुन्छ तर, ६ लाख एड्भान्समै उनले दिन्छन् । असार १ गते श्रीमतीलाई औषधि गर्न जाने भन्दै पोखरा २२ पुम्दिभुम्दिस्थित ठुल्ढुङङ्गको जङ्गलमा मारेर फाल्छन् र श्रीमान् भनिने रमेश नेपाली श्रीमती हराएको नाटक गर्दै रुदै मिडियादेखि प्रहरीचौकी सम्म पुग्छन् ।

लक्ष्मीका श्रीमानले श्रीमती हराएको भन्दै प्रहरीमा खोजी गर्न निबेदन दिएका थिए । जिल्ला प्रहरी कार्यालय उनी धेरै धाए, धेरै पटक प्रहरीक अगाडि रोए । मिडियाका अगाडि पनि रोएर श्रीमती खोजिदिन आग्रह गरे ।

श्रीमतीले प्रयोग गर्ने मोबाइल, सुनको सिक्री सबै घरमै फेला परेपछि र बारम्बार श्रीमान प्रहरी चौकी धाएपछि प्रहरीले रमेशमाथी सुक्ष्म अध्ययन थाल्यो र २५ लिनपछि लक्ष्मीको कुहिएको अस्थिरपञ्जर जङ्गलमै फेला पार्‍यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७