‘सान्ड कि आँख’ को टिजर सार्वजनिक


२७ असार २०७६, शुक्रबार
Bhumi Pednekar Taapsee Pannu Pati Patni Aur Woh

काठमाडौं, २७ असार । बलिउडका अभिनेत्रीद्वय तापसी पन्नू तथा भूमि पेडनेकरको बहुप्रतिक्षित फिल्म ‘सान्ड कि आँख’ को टिजर सार्वजनिक गरिएको छ ।

फिल्ममा यी दुई अभिनेत्रीले विश्वकै सबैभन्दा बढि उमेरका शूटर चन्द्रो तोमर तथा प्रकाशी तोमरको भूमिका निर्वाह गरेका छन् । यो फिल्म तिनै शूटरहरुको जीवनमा आधारित छ । यो फिल्म छायांकनमा जानुअघि देखि नै चर्चामा थियो । चर्चाकै बीच फिल्मको पहिलो झलक दर्शकमाझ आएको हो ।

फिल्ममा भूमि पेडनेकर तथा तापसी पन्नू आफ्नो ग्ल्यामरस अवतारभन्दा ठिक उल्टो पश्चिमी उत्तर प्रदेशका ग्रामीण महिलाहरु जस्ता देखिएका छन् । फिल्ममा उनीहरुको अभिनय तथा बोलचाल पनि गाउँले महिलाहरुको जस्तै छ ।

यो फिल्मको सुटिङ पनि उत्तर भातरको जौहरी गाउँमा गरिएको हो । फिल्मले प्रकाशी र चन्द्रो तोमरको कथा बोल्छ, जो आफ्ना छोरीहरुको उज्वल भविष्यका लागि ५० वर्षको उमेरमा शूटिङ गर्न थाल्छन् । रमाइलो कुरा छ भने प्रोफेशनल शूटिङमा उनीहरु दुबैले ३ सय ५२ वटा पदक जितेका छन् । यो फिल्म आगामी दिपावलीको मौका पारेर प्रदर्शनमा आउँदै छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७