साउदी राजकुमारीले युवकलाई चुम्न लगाएपछि


२७ असार २०७६, शुक्रबार
saudi

काठमाडौं, २७ असार । साउदी अरबकी राजकुमारी हासा बिन्त सलमान अल सउदविरुद्ध फ्रान्सको एब्सेन्शियमा एक युवकमाथि कुटपिटको विषयमा नयाँ मुद्दा दर्ता गरिएको छ । यो घटना सन् २०१६ को हो ।

फर्निचरको काम गर्ने फ्रान्सका पीडित अशरफ ईदले हासाविरुद्ध मुद्दा दर्ता गराएका थिए । राजकुमारीले आफ्नो अंगरक्षकलाई उनीमाथि कुटपिट गर्न लगाएको र आफ्नो खुट्टा चुम्न बाध्य बनाएको अशरफको आरोप छ । अदालतले मंगलबार सुनुवाइपछि घटनाको नयाँ ढङ्गले अनुसन्धानको निर्देशन दिएको छ । सन् २०१७ मा राजकुमारीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

कथित रुपमा यो घटना सन् २०१६ को सेप्टेम्बरमा एब्सेन्शियाको एवेन्यू फोक लक्जरी अपार्टमेन्टको हो । पीडितका अनुसार उनी फर्निचरको काम गर्नका लागि पेरिसस्थित उनको विलासी अपार्टमेन्टमा आएका थिए । काम सिद्धाएपछि उनले मोबाइलबाट फर्निचरको फोटो खिचे ।
उनले पुलिसलाई टिपाएको जानकारीमा भनिएको छ,‘राजकुमारीले काँचमा क्यामराको फ्ल्याश देखिन् ।

उनले आफ्नो तस्बिर खिचिएको ठानिन् । यस्तै भ्रमका कारण उनले अंगरक्षकमार्फत् मलाई कुट्न लगाइन् । कुटपिटका कारण हातको नाडी नै भाँच्चिएको थियो ।’ पीडितले घटना भएकै दिन पुलिस थानामा मुद्दा दर्ता गराएका थिए । सोधपुछपछि पुलिसले राजकुमारीलाई छोडेको थियो र उनी साउदी फर्किएकी थिइन् ।

राजकुमारीसँग कुनै प्रकारको सम्पर्क नहुँदा सन् २०१७ मा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । मंगलबार बडीगार्ड पनि अदालतमा उपस्थित भएका थिए र सबै आरोपलाई गलत बताए । यस्तै, राजकुमारीकी प्रतिनिधी समूहले पनि आरोपलाई गलत बताएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७