वर्षाको बितन्डा {फोटो फिचर}


२७ असार २०७६, शुक्रबार
Nepal Update flood

काठमाडौ, २७ असार :  मुलुकभर परेको वर्षाका कारण बाढी पहिरोमा परेर १७ जनाको मृत्यु भएको छ । विहिबार बिहानैदेखि मुलुकभर वर्षा जारी छ ।

काठमाडौं, काभ्रे, रामेछाप, भोजपुर, ललितपुर, खोटङ, मोरङ, दोलखा, धनकुटा, महोत्तरी, पाँचथर, सुनसरी, मकवानपुर, पर्सा, धादिङ, सिन्धुली र इलाममा गरी १७ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ७ जना बेपत्ता छन् भने ७ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार खोटाङका ३, काठमाडौंमा ३, काभ्रे र भोजपुरमा २र२ जनाको मृत्यु भएको छ । यसैगरी ओखलढुंगा, पर्सा, रामेछाप, सिन्धुली, मकवानपुर, धादिङ र ललितपुरमा १/१ जनाको मृत्यु भएको छ ।

हेर्नुहोस् फोटो फिचर :-

mulpani
काठमाडाैं

CKK KTM 071219 2

Nepal Kathmandu
  काठमाडौँ उपत्यकामा लगातार परेको वर्षासँगै शुक्रबार महानगरपालिका–१४ कलङकीस्थित मालपोत कार्यालय वरपर बाढी बस्तीमा पसेपछि उद्वार गर्दै सशस्त्र प्रहरी ।
Foold Kathmandu
 काठमाडौँ उपत्यकामा लगातार परेको वर्षासँगै शुक्रबार बल्खुमा देखिएको बाग्मती नदि ।
Banepa
 काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–३ चुनातालमा अविरल बर्षाका कारण शुक्रबार विहान घरमाथिको ढिस्को (पहिरो) झरेर भत्किएको स्थानीयबासिन्दा रामप्रसाद दंगालको घर । सो घर भत्किँदा दई जनाको मृत्यु भएको छ ।
Bajura river
  ओखलढुंगाको भँडारे खोलामा आएको बाढीका कारण रोकिएका सवारीसाधन । बुधबारदेखि भएको बर्षाका कारण जिल्लाका टोक्सेल, हर्कपुुर, डडुवा र घुर्मी क्षेत्रका यात्रु अलपत्र परेका छन ।
Bajura River Nepal
 निरन्तरको वर्षाका कारण बाजुरा जिल्लाको ठूलो बुढीगङगा नदी थुनिँदै गएपछि शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालय बाजुराको प्रहरी नायव उपरीक्षक उद्धवसिंह भाटसहितको टोलीद्वारा अनुगमन ।
Kathmandu flood
काठमाडौं
okhaldhunga
 ओखलढुंगाको खिजीफलाटेका धनबहादुर तामाङको पहिरोले भत्काएको घर । खिजीदेम्बा गाउँपालिका– ५ का तामाङको नयाँ घर शुक्रबार बिहानको अविरल वर्षासँगैको पहिरोले भत्काएको हो । जिल्लाभर पहिरोको जोखिम बढेको छ ।

केही दिन अझै भारी वर्षा हुने
न्यूनचापीय रेखा (वर्षा गराउने वायु) नेपाल प्रवेश गरेकाले देशभर वर्षा भइरहेको छ । न्यूनचापीय रेखा र न्यूनचापीय क्षेत्रसँगै रहेकाले देशभर वर्षा भइरहेको जल तथा मौसम अनुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले बताए ।

विशेषगरी आज र शनिबारलाई देशभर नै जोखिम रहेकाले नदी तथा तटिय क्षेत्रमा हुनेहरु सुरक्षित स्थानमा सर्न मौसमविद्को आग्रह छ । खासगरी २५ जिल्लामा कहिले मध्यम केहिले भारी वर्षा भइरहेने बताइएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार वाग्मती नदीको तराई क्षेत्रमा बहाब खतराभन्दा माथि बढ्दो क्रममा रहेको छ । खास गरी प्रदेश नं १, २ र ३ का सबै चुरे खोलामा बहाब सतर्कता माथि र उच्च खतरा शनिबारसम्म कायम रहने भएकाले सर्तक रहन आग्रह गरिएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा १९.० मिलिमिटर वर्षा भएको छ । त्यस्तै पोखरामा २३.०, दाङमा २३.४, जुम्लामा १५.९, धनगढीमा २५.५, नेपालगञ्जमा २५.६, सिमरामा २४.४, दिपालमा २४.६ र वीरेन्द्रनगरमा २४.३ मिलिमिटर वर्षा मापन गरिएको छ ।

तस्बिरहरु : रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७