कमल थापा भने: ‘एमालेलाई बधाई चुनाव हार्नुको मुख्य दोषी मै हुँ’


२९ मंसिर २०७४, शुक्रबार
Kamal Thapa

काठमाडौं: राप्रपा अध्यक्ष कमल थापाले निर्वाचनमा प्राप्त नतिजा अकल्पनीय एवं अत्यन्त निराशाजनक बताएका छन्।Kamal Thapa

निर्वाचन परिणाम पार्टीको निमित्त प्रतिकुल रहेता पनि जनताको उक्त मतादेशलाई प्रजातान्त्रिक आदर्श अनुरूप हार्दिकता साथ शिरोधार्य गर्ने थापाले विज्ञप्तिमा प्रतिबद्धता जनाएका छन्। निर्वाचनमा पराजयका बिभिन्न कारणहरु रहेको भन्दै उनले भनेका छन्, ‘पार्टी कार्यकताको अथक प्रयासका वावजुद निराशाजनक परिणाम आउनुमा पार्टी अध्यक्षको नाताले सम्पूर्ण नैतिक जिम्मेवारी मेरो हो ।’

पार्टीको बैचारिक पक्ष एवं कार्यशैलीमा सुधार आवश्यक देखिएको भन्दै राप्रपा अध्यक्ष थापाले अब के गर्ने भन्नेमा केन्द्रिय कार्यसमितिमा छलफल गर्ने बताएका छन् । उनले अघि भनेका छन्, ‘संविधान जारी भएपछि भएको पहिलो निर्वाचन परिणामले मात्र राप्रपाको औचित्य, आवश्यकता र महत्व समाप्त भएको छैन र हुँदैन ।’

राप्रपाले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक मात्र सिट जितेको छ । अध्यक्ष थापा आफैं मकवानपुर १ मा पराजित भए । समानुपातिकमा थ्रेस होल्ड कटाउन सकेन । राप्रपा अध्यक्ष थापाले यस निर्वाचनबाट ठूलो पार्टी भएकोमा नेकपा एमालेलाई बधाई समेत दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७