अब्बासको निर्देशनमा इशान र अनन्या


२९ असार २०७६, आईतवार
ananya pic

काठमाडौं, २९ असार । अली अब्बास जफरको निर्देशनमा बनेको चलचित्र ‘भारत’ ले बक्स अफिसमा राम्रो व्यापार गरेको थियो । नायक सलमान खान र नायिका कट्रिना कैफको मुख्य भूमिका रहेको ‘भारत’ ले २ सय करोड बढीको व्यापार गर्न सफल भएको थियो ।

अब भने अब्बास नयाँ निर्देशनमा जुटेका छन् । आफ्नै व्यानरमा निर्माण हुने चलचित्रलाई उनले निर्देशन गर्ने तयारी भइरहेको छ । चलचित्रको नाम पक्का भइसकेको भने छैन । अहिले चलचित्रको स्क्रिप्टमा काम भइरहेको भारतीय मिडियाले उल्लेख गरेको छ ।

यस्तैमा चलचित्रको लागि अब्बासले नायक–नायिकासँग भने सम्झौता गरिसकेका छन् । यो चलचित्रका लागि ‘धडक’ डेब्यू नायक इशान खट्टर र ‘स्टूडेन्ट अफ दि इयर २’ डेब्यू नायिका अनन्या पाण्डे पक्का भएका छन् । चलचित्रको स्क्रिप्ट अनुसार नै उनीहरुलाई लिइएको निर्देशक अब्बासले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७