आँचललाई फकाउँदै अरुण (भिडियोसहित)


२९ असार २०७६, आईतवार
arun and aachal

काठमाडौं, २९ असार । गायक, संगीतकार एवं रचनाकार बाँसुदेव केसीले आफ्नो पहिलो एल्बम ‘राइजिङ सन’ मा समावेश एक गीतको भिडियो सार्वजनिक गरेका छन् ।

भिडियोमा अरुण क्षेत्री र नायिका आँचल शर्मालाई फिचरिङ गरिएको छ । आँचललाई एकोहोरो प्रेम गर्ने अरुण आँचललाई आफ्नो बनाउन कोशिस गरिरहेका देखिन्छन् । भिडियोको निर्देशन राहुल शाहले गरेका छन्, भने सम्पादन तथा छायांकन पवन सुस्लिङ्गको रहेको छ ।

गायक केसीको स्वर, संगीत तथा शब्द रहेको गीतमा मोहित मुनालको एरेञ्ज छ । गीतमा आफूले मन परेको मान्छेलाई प्रेमको अपिल गरिएको भाव समेटिएको छ ।
हेर्नुस् भिडियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७