‘एनी प्रोब्लेम’ कभर डान्स भिडियो प्रतिष्पर्धा, विजेतालाई नगद र कार्टुन क्रुसँग नृत्यको अवसर


२९ असार २०७६, आईतवार
काटन

काठमाडौं, २९ असार । गायक कमल रसाइली र गायिका मेलिना राईको आवाजमा समावेश ‘एनी प्रोब्लेम’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

गीतमा टेकु क्षेत्रीको शब्द, हरि लम्सालको संगीत छ । गीतलाई गायक कमल र मेलिनाले डान्सिङ नम्बरमा तयार पारेका छन् । यो गीतको भिडियोमा दि कार्टुन क्रुको डान्स छ । भिडियोमा कार्टुन क्रुको टिमलाई नै देख्न सकिन्छ । भिडियोलाई आश्मा विश्वकर्मा र सुविन चौहानले कोरियोग्राफी गरेका हुन् । भिडियोको निर्देशन भने र सरोज अधिकारीले गरेका छन् । यसैवीच, यो भिडियोको टिमले कभर डान्स भिडियो प्रतिस्पर्धा समेत आयोजना गरेको छ । सेप्टेम्बर ३ सम्म भिडियो तयार पारेर पठाउन सकिनेछ ।

नोभेम्बर १५ मा कभर भिडियोको नतिजा सार्वजनिक गरिने बताइएको छ । विजेताले ५० हजार नगद र दि कार्टुन क्रु जुनियरसँग नयाँ भिडियोमा नृत्य गर्न पाउने बताइएको छ ।
हेर्नुस् भिडियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७