राष्ट्रिय चलचित्र पुरस्कार पाई रहँदा किन आरोप लाग्यो पुष्पलाई ?


२९ असार २०७६, आईतवार
pushpa

काठमाडौं, २९ असार । शुक्रबार राष्ट्रपति भवन शित्तल निवासमा ‘राष्ट्रिय चलचित्र पुरस्कार’ बितरण गरियो । जहाँ २०७४ सालको उत्कृष्ट नायकको अवार्ड चलचित्र ‘मंगलम’ बाट पुष्प खड्काले हात पारे ।

पुष्पले यो अवार्ड जब हात पारे तब उनले पाएको अवार्डको विरोध भइरहेको छ । पुष्पलाई नाचेकाले अवार्ड हत्याउन सफल भएको समेत आरोप लागिरहेको छ । पुष्प आफूले नाचेर अवार्ड नपाएको बताएका छन् । उनले भने ‘मैले नाचेर अवार्ड पाएको हुँ जस्तो लाग्दैन । त्यहाँ गौरी मल्ल, सरोज खनाल, रमेश उप्रेती, सन्नी रौनियार जस्ता कलाकार हुनुहुन्थ्यो । उहाँहरुसँग स्टेज सेयर गर्ने मौका मात्र लिएको हुँ । अवार्ड दिन्छन् भनेर नाचेको होइनँ ।’

पुष्पले राष्ट्रिय अवार्ड जित्दा निकै खुशी लागेको बताए । भन्छन्, ‘कलाकार भएर काम गरेपछि एक पटक राष्ट्रिय अवार्ड उचाल्ने ठूलो धोको थियो । त्यो छिट्टै पूरा भएको छ । राष्ट्रले गरेको सम्मान राष्ट्रपतिको हातबाट पाउँदा जीत महसुस गरेको छु ।’ पुष्प आफूले अभिनय गरेको नयाँ चलचित्र ‘मारुनी’ बाट पनि आशावादी देखिएका छन् । आफूले राष्ट्रिय चलचित्र पुरस्कार पाउँदा दर्शकको अपेक्षा ‘मारुनी’ मा अझै बढेको उनको भनाई छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७