लोकप्रिय गायक वासुदेव मुनालकाे निधन


प्रकाशित मिति : September 28, 2017

 

 

काठमाडौँ: वरिष्ठ रेडियो कार्यक्रम सञ्चालक तथा लोकप्रिय गायक वासुदेव मुनालको आज साँझ ६८ वर्षको उमेरमा भक्तपुरस्थित क्यान्सर अस्पतालमा निधन भएको छ ।

सुरिलो आवाजबाट रेडियो नेपालको बाल कार्यक्रम सञ्चालन गरेर एक समयमा लोकप्रिय रेडियो प्रस्तोता बनेका मुनाल घाँटीको क्यान्सर पाइरोपम साइनसबाट पीडित थिए। ११ वर्षअघि उनको लडेर ब्रेन ह्याम्ब्रेजसमेत भएको थिए । विराटनगरमा २००६ सालमा जन्मिएका उनले रेडियो नेपालबाटै आफ्नो करियर सुरु गरीझण्डै चार दशक रेडियो नेपालमै बिताए ।

उनले ‘पानी खाने निउँले तिम्रो घरमा आउँला’, ‘लालुपाते फुलेर लाल भयो’, ‘बाँसुरीको धुनमा मादलुको तालमा’, ‘झमझम इष्टकोट’लगायत दर्जनौ ।चर्चित गीत गाएको छ । उनी २०६४ सालमा रेडियो नेपालबाट सेवा निवृत्त भएको थिए

प्रतिक्रिया दिनुहोस्